जनचाहना न्युज
तनहुँ २५ मंसिर
जिल्लाको ऋषिङ्ग गाउँपालिका–६ चवादी स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आइतबार न्यानो कपडा बितरण गरिएको छ । भिरकोट निवासी पाष्टर दानविर परियारको पहलमा इसाईहरुको आउँदै गरेको महान पर्व क्रिशमसको पुर्वसन्ध्याको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिेको हो । इसाई समाज तनहुँद्वारा न्यानो कपडा,पोशाक तथा स्टेशनरीका सामग्री वितरण गरिएको शिक्षक मिनराज रामदामले जानकारी दिए । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण रानाभाटको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि इसाई समाज तनहुँ का अध्यक्ष के.वि.आले रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक मिनराज रामदम र धन्यवाद मन्तव्यय प्रधानाध्यापक केशर रानाभाट राखेका थिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij