Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको भिमादमा चट्याङ लागेर २४ बर्षीय बिकको मृत्यु

  • 272
    SHARES
  • 272 Shares
  •  तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विक को मृत्यु भएको हो । बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा  चट्याङ लागेको  सख्त घाइते भएका थिए ।  घाइते बिकको उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा मृत्यु भएको  तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल राखिएको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार