Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

घिरिङ्ग अन्र्तगतको कृष्ण मोटरमार्ग दश दिन बन्द हुने

  • 268
    SHARES
  • 268 Shares
  • जनचाहना न्युज
    तनहुँ २८ मंङिसर
    जिल्लाको घिरिङ्ग गाउँपालिका अन्र्तगत कृष्ण मोटरमार्ग दश दिनको लागि सवारी आवागमनमा बन्द हुने भएको छ । आगामी पौष १ देखि १० गतेसम्म सवारीसाधान आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ । 
    उक्त गाउँपालिकाको खिलादेखि गाउँपालिका कार्यालय सम्मको सडक खण्डमा कालोपत्र कार्य भैरहेकोले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत छैठौं धु्रवराज लामिछानेले जानकारी दिए । 
    उक्त अवधिसम्म बैकल्पीक बाटो प्रयोग गरिदिन समेत यातायात व्यवसायीलाई अनुरोध गरिएको उनले बताए । सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकोले बन्द गरेर काम गर्न लागेको हौ । उनले भने,‘यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमा प्रार्थी छ ।’ 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार