जनचाहना न्युज
तनहुँ ३ पुस
आफुले पढेको र सोही विद्यालयमा पढाएर शिक्षक पेशाबाट अवकाश लिएका तनहुँका एक शिक्षकले आफ्ना स्व.पिताको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।
जिल्लाको व्यास नगरपालिका–६ स्थित इन्दु माध्यमिक विद्यालयबाट अवकाश लिनुभएका शिवराज काफ्लेले रु.पचास हजार पाँच सय पच्चीसको खेलकूद तथा अनुशासन छात्रबृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।
स्व.पिता हरिप्रसाद काफ्लेको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरी अक्षयकोष रकमबाट प्राप्त ब्याजले बर्षेनी खेलकूद क्षेत्रमा उत्कृष्ट हुने छात्र एक र अनुशासनमा उत्कृष्ट छात्रा एक जनालाई बर्षेनी पुरस्कृत गर्दै जाने लक्ष्य रहेको छ ।
पछिल्लो समय पेशाले अधिवक्ता समेत रहेका काफ्लेले विद्यालयका प्रधानाध्यापक सन्तोष न्यौपाने,बिव्यास अध्यक्षलाई विद्यालयको ५८ औ बार्षिकोत्सवको अवसरमा उक्त अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी अधिवक्ता काफ्लेल व्यास नगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयमा रु.पच्चीस हजार पाँच सय पच्चीसको यस अघि नै अक्षयकोष स्थापना गरिसकेका छन् ।
विद्यालयमा अध्ययनरत अपाङ्गता छात्रछात्राको अध्ययनको लागि सहयोग गर्ने हेतुले उक्त अक्षयकोष स्थापना गरेको काफ्लेले जानकारी दिए ।
अधिवक्ता पेशाबाट कमाएको केही प्रतिशत रकम सामाजिक क्षेत्रमा सहयोग गर्ने योजना अनुरुप विभिन्न सामाजिक संघसंस्था,गरीव,असहायहरुलाई सहयोग गर्दै आएको उनले बताए ।
त्यसैगरी अधिवक्ता काफ्लले विभिन्न समयमा गरी दुबै मिर्गौलाबाट पीडित भएका पाँच जना बिरामीलाई रु.पाँच हजारका दरले रु.पच्चीस हजार आर्थिक सहयोग गरिसकेका छन् ।
सानेबहादुर नेपाली
तनहुँसम्वाददाता
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij