Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शुक्लागण्डकी एफएमको अध्यक्षमा भुवाई,सचिवमा पौडेल सर्वसम्वत

  • 202
    SHARES
  • 202 Shares
  • जनचाहना न्युज
    तनहुँ ५ पुस 
    जिल्लाको शुक्लागण्डकी नगरपालिका स्थित दुलेगौंडामा रहेको तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्जको अध्यक्षमा ऋषेश्वर भुवाई ‘ऋत’ु सर्वसम्मत निर्वाचित भएका छन् । रेडियोको दुलेगौंडामा हालै सम्पन्न सातौ वार्षिक साधारणसभा एवम् पाँचौ अधिवेशनले भुवाईको नेतृत्वमा नौ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको छ । 
    भुवाई यसअघि सचिव थिए । समितिको निवर्तमान अध्यक्षमा ज्योती श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा शिव पौडेल, कोषाध्यक्षमा टिकाराम श्रेष्ठ र सहसचिवमा राजेन्द्र पौडेल चयन भएका छन् । 
    त्यसैगरी,सदस्यहरुमा शिव गर्तौला, विवेक वाग्ले, प्रविण श्रेष्ठ र विरेन्द्र कुमार श्रेष्ठ रहेका छत् । निर्वाचन समितिका संयोजक रघुनाथ पौडेल र सदस्यहरु राजन रिमाल र बुद्धि बहादुर थापाको निर्वाचन समितिले  अधिवेशन सम्पन्न गरेको हो । 
    नवनिर्वाचित अध्यक्ष भुवाईले रेडियोलाई थप उपचाईमा पु¥याउन आफ्नो कार्यकाल जिम्मेवारीपूर्वक लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित समितिको कार्यकाल दुई वर्षको रहने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार