दमौली ५ पुस
तनहुँको म्याग्देमा सञ्चालित बालिका शिक्षा कार्यक्रमको म्याग्दे गाँउपालिका लगायतका सरोकार वाला पक्षले अनुगमन तथा अवलोकन गरेको छ ।
म्याग्दे ४ मा रहेको मीन मावि थर्पु र म्याग्दे २ मा रहेको राधा मा।वि। जामुनेमा विद्यालयमा हुने दौँतरी दबावको प्रतिरोध र यौनजन्य हिंसा र बलात्कारको रोकथाम विषयक जिवनोपयोगी सीप सत्रहरूमा सरोकार वाला पक्षले अनुगमन तथा अवलोकन गरेको हो । अनुगमनका क्रममा सरोकारवालाहरूले बिद्यालयमा सञ्चालन भएको बालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका छन् । रूम टु रिड तथा पढ्नको लागि कोठा द्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम बाट तनहुँका १२ वटा सामुदायिक बिद्यालयमा अध्यनरत १४ सय ५१ जना छात्रा बिद्यार्थीहरू लाभान्वित छन् । तनहुँको म्याग्दे गाउँपालिका लगायत ब्यास नगरपालिका , भानु नगरपालिका , बन्दिपुर गाउँपालिका र ऋषिङ गाउँपालिका भित्रका बिद्यालयहरूमा बिगत ५ बर्षदेखि उक्त कार्यक्रम चल्दै आएको छ । कार्यक्रमले छात्राहरूलाई जीवन उपयोगी सीप शिक्षा दिलाउँदै आफ्ना अधिकारका बारेमा , आदर्श ब्यक्ति बन्ने बारेमा , अरूको बिश्वास जित्ने बारेमा शिक्षा दिएको छ । यस्तै अध्यनको लागि समय तालिका बनाउने बारेमा ,भविष्यमा गर्ने पेशाको बारेमा , यौनरोग र एचआईभीका सम्बन्धमा , यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम सम्बन्धमा , चिनेजानेका बाट हुने बलात्कार सम्बन्धमा , स्वास्थ्यका लागि पोषण तथा शैक्षिक योजनाको निर्माणका बारेमा शिक्षा दिने गरेको छ । बिद्यालयमा बालिका शिक्षा कार्यक्रम सञ्चालन भएको म्याग्दे गाउँपालिका वडा नं ४ मा रहेको मीन मावि र राधा माविमा कक्षा ८ मा अध्यनरत छात्राहरूले जीवन उपयोगी शिक्षाले आँफुहरूको आत्मबल बढेको बताए । पहिले हामी अगाडि उभिएर बोल्न पनि अफ्ट्यारो लाग्थ्यो तर अहिले धेरै मानिसको अगाडि निर्धक्क सँग बोल्न सक्ने भएका छौं उनिहरूले भने । छात्राहरूले जीवन उपयोगि शिक्षाले पढ्ने सीप तथा पढ्ने बानिका लागि धेरै प्रभावकारी बनाएको बताए । शुक्रवार म्याग्देको मीन माविमा ू बिद्यालयमा दौंतरि दबाबको प्रतिरोध गर्ने ू शिर्षक मा सामाजिक परिचालिका अनिता भण्डारी तथा १८ जना छात्राहरूले पढ्ने तथा पढाउने ढाँचाको बारेमा प्रस्तुति दिएका थिए । प्रत्यक्ष रूपमा कक्षा हेर्न पाएका सरोकार वालाहरूले कार्यक्रम ज्यादै प्रभावकारी भएको बताए । अन्य बिद्यालय सँगै मीन माविमा यस कार्यक्रमले बिद्यार्थीहरूको उत्साह , आँट र साहस अत्यन्तै बढेको पाएको सामाजिक परिचालिका अनिता भण्डारीले बताइन् । पारिवारिक बाताबरणमा कक्षा लिने गरेको हुनाले छात्राहरूले आँफुलाइ मिस मेडम नभनि दिदी भन्ने गरेको उनले सुनाइन् । हामी त बिद्यालयमा हुँदा शिक्षक र बिद्यार्थीको रूपमा नभइ दिदिबहिनी को रूपमा छौँ भण्डारीले भनिन् । शुक्रबार उक्त कार्यक्रम संचालित म्याग्दे गाउँपालिका अन्तर्गतका मीन मावि र राधा मावि मा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी , शिक्षा शाखा प्रमुख बुद्धिसागर खनाल , लेखा शाखा प्रमुख लगायतको सरोकारवालाहरू को टोलिले रूम टु रिड सँग संयुक्त रूपमा अवलोकन तथा अनुगमन गरेको थियो । उक्त अवलोकन तथा अनुगमन भ्रमणमा जाँदा छात्राहरूले कार्यक्रम प्रभावकारी भएको हुँदा निरन्तरता दिन आग्रह गरेका थिए । नमुना कार्यक्रम बिचमै सकिन्छकि भन्ने शिक्षक , अभिभावक र बिद्यार्थीहरूको चिन्ता थियो ।
कार्यक्रममा रूम टु रिडका कार्यक्रम सहायक मिना मझाकोटिले सबैको चाहना कार्यक्रम निरन्तरता हुनुपर्ने भएको हुँदा स्थानिय स्तरमा अझ प्रभावकारी बनाउन लागि पर्ने बताइन् । मझाकोटिले बिद्यालय , बालिका , अभिभावक र स्थानीय तहको अपेक्षा अनुरूप आगामि दिनमा यस कार्यक्रमको बिस्तारको लागि स्थानीय तह सँग समन्वय तथा सहकार्य गरि अगाडि बढ्ने र स्थानीय तहले उक्त कार्यक्रमलाई आफ्नो योजनामा राखि अगाडि बढेको खण्डमा रूम टु रिड प्राविधिक सहकार्य गर्नमा तयार रहेको बताइन् । म्याग्देमा हाल जनगणपती मावि , महेन्द्र मावि , मीन मावि र राधा मावि गरि चारवटा स्कुलका छात्राहरूमा यो कार्यक्रम चलेको मझाकोटिले बताइन् । बिद्यार्थीहरूलाई पाठ्यक्रममा समेट्न नसकेको बिषयहरू जीवन उपयोगी शिक्षामा समाबेश रहेको भन्दै मझाकोटिले धेरै भन्दा धेरै बिद्यार्थीहरू यो शिक्षा बाट लाभान्वित हुनुपर्ने बताइन् । यस्तै राधा माविमा सञ्चालन भएको यौनजन्य हिंसा र दुर्व्यवहार रोकथाम कार्यक्रममा सामाजिक परिचालिका अम्बिका ओझाले कक्षा लिएकि थिइन् । ओझाले बिद्यार्थीलाई बिद्यालयमा मात्रै नभइ घरमै गएर समेत स्वागत भेटघाट गर्ने गरिएको भन्दै कार्यक्रमको बारेमा अभिभावक समेतलाई जानकारी गराउने गरिएको बताइन् । अभिभावक सँग भेटेपछि बिद्यार्थी अभिभावक बिचमा केकस्तो बातावरण छ बुज्न सकिने र अफ्ट्यारो भए फुकाउन सकिने उनले अनुभव सुनाइन् ।
अमेरिकी नागरिक ू जोन उडू नेपाल भ्रमणको शिलशिलामा लमजुङको बाहुनडाँडामा पुग्दा बिद्यालयको पुर्वाधार र बालबालिकाको अवस्था अत्यन्तै कस्टकर देखेका थिए । बिद्यालयमा पुस्तकहरूको अबस्था नाजुक रहेको जस्ता दृश्यले उनलाई नेपालमै किताबहरू बितरण गरि शैक्षिक क्षेत्रमा योगदान दिन मन लाग्यो । त्यहि समयमा उनले शैक्षिक क्षेत्रमा सहयोग पुर्याउन सकिने खालको काम गर्न नेपालमै रूम टु रिड संस्थाको स्थापना गरि पुस्तकालय निर्माण कार्यक्रम सुरुवात गरेका थिए । रूम टु रिड नेपाल सँगै बिस्तारै अन्य देशहरूमा पनि साक्षरता र बालिका शिक्षा कार्यक्रम लिएर सञ्चालन भइरहेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij