Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

देशकै नमुना विद्यालय तनहुँको सत्यवती माविको ४७ औ बार्षिकोत्सव एवं अभिभावक दिवस भव्य रुपमा मनाइयो 

  • 356
    SHARES
  • 356 Shares
  • जनचाहना न्युज 
    दमैली ८ पुस 
    व्यास नगरपालिका–२ मा रहेको नमुना विद्यालयको रुपमा परिचित सत्यवती माविको ४७ औँ बार्षिकोत्सव एवं अभिभावक दिवस भव्यताको साथ शुक्रवार मनाइएको छ । उक्त बार्षिकोत्सवको गण्डकी प्रदेशका नबनिर्वाचित प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गरे । बार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद श्रेष्ठले सत्यवती मावि देशकै नमुना विद्यालयका रुपमा आफुलाई परिचित गर्न सक्नु खुशीको विषय भएको बताए । उनले आगामी दिनमा विद्यालयलाई पर्ने आवश्यक सहयोग गर्न समेत  आफु सदैव तत्पर रहेको  बताए ।

    satyawatii.jpg

    कार्यक्रममा बिशिष्ट अतिथी संविधान सभासदस्य रामचन्द्र पोखरेल,जिसस प्रमुख शान्तिरमण वाग्ले,व्यास नगरप्रमुख बैकुण्ठ न्यौपाने,नेकाँ जिल्ला उपसभापति देव कुमार श्रेष्ठ,एमाले जिल्ला उपाध्यक्ष हरिराज कँडेल,नेकपा माओवादी केन्द्रका कार्यालय सचिव बसन्त दरै, वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठ,आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले,शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख बसन्तराज पौडल, व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नविन पराजुली,निर्मल माविका प्रअ गणेशचन्द्र बस्नेत,शिवपाञ्चयान मावि बिव्यासबाट बिष्णुभक्त न्यौपाने,अभिभावकको तर्फबाट लालप्रसाद भट्टराई विद्यार्थी छात्रा आँचल सिग्देल छात्र सिद्धार्थ पण्डित,वडासदस्य सुरेश वाग्ले,बिव्यास सदस्य कृष्ण कुमार श्रेष्ठ लगायतका वक्ताहरुले सत्यवती माविको गुणस्तर शिक्षाको बिषयमा  आ आफ्ना धारण राखेका थिए । 

    ph puraskrit.jpgसत्यवती मावि व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफल्ेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानध्यापक एकबहादर गुरुङले विद्यालयका बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बार्षिकोउत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक लगायत विद्यालयमा योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका सोमराज सिग्देलले स्वागत गरेका थिए । 

    gurung.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार