जनचाहना न्युज
दमौली ९ पुस
नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको अध्यक्षमा प्रा.डा.कृष्णप्रसाद गौतम सर्वसम्वत चयन भएका छन् । शनिबार आयोजित ल४० औ जिल्ला सभा तथा १३४ औं अधिवेशनबाट गौतम अध्यक्ष पदमा चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा कमलभक्त पोख्रेल र नारायणी अधिकारी,मन्त्रीमा सूर्यचन्द्र हड्खले,उपमन्त्रीमा केशव भट्टराई,कोषाध्यक्ष प्रतापसिं अधिकारी,उपकोषाध्यक्षमा हरि सिग्देल,चयन भएका छन् । त्यसैगरी अन्य पदाधिकारीमा सुमन थापा,बिमल गिरी,बिबेक न्यौपाने,बिपिन्द्र सेन ठकुरी,केशवराज पोख्रेल,कृष्णप्रसाद न्यौपाने,मथुरा कृष्ण श्रेष्ठ चयन भएका छन् भने महिलातर्फ चिनु पोख्रेल,केशमाया गुरुड र सरस्वती थापा चयन भएका छन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij