जनचाहना न्युज
दमौली १४ पुस
व्यास नगरपालिका– ४ दमौली स्थित दमौली कलेजमा बिहीबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । निजीस्तरको जिल्लाकै पहिलो दमौली कलेजमा कक्षा ११ र १२ का विद्यार्थी बीच हाजिरीजवाफ प्रतियोगिता भएको हो । प्रतियोगितामा सहभागि आठ टीमलाई पछि पार्दै कक्षा १२ को व्यवस्थापन समूह प्रथम भएको छ । कक्षा १२ को शिक्षा समुह द्वितीय भएको छ । त्यसैगरी तृतीय र सान्तवना क्रमश कम्प्युटर साइन्स समुह १२ र व्यवस्थापन समुह अंग्रेजी १२ भएको छ । दमौली कलेजका क्याम्पस प्रमुख राजेन्द्र कैनीको र सहायक क्याम्पस प्रमुख ज्ञानेन्द्र जिसिद्वारा पुरस्कार प्रदान गरिएको थियो। कलेजको वार्षिक कार्यतालिका अनुसार सम्पन्न भएको उक्त कार्यक्रम जनरल राउण्ड, अडियो भिजुअल राउण्डमा सम्पन्न गरिएकोले विद्यार्थीहरु निकै उत्साहित भएका थिए। यस्ता कार्यक्रमले शैक्षिक उपलब्धी प्राप्त गर्न सघाउने भएकाले आगामी यस्ता कार्यक्रमहरुलाई पनि निरन्तरता दिइने क्याम्पस प्रमुख कैनीले बताए । कार्यक्रमको संचालन कार्यक्रम संयोजक उपेन्द्र न्यौपाने, प्राध्यापक शैलेन्द्र न्यौपाने र मनोज राउतले संयुक्त रुपमा सञ्चालन गरेका थिए।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij