Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्देलाई बालश्रममुक्त पालिका बनाइदै ः तीन वडालाई बालश्रममुक्त वडा घोषणा गरियो 

  • 254
    SHARES
  • 254 Shares
  • जनचाहना न्युज
    तनहुँ १६ पुस 
    जिल्लाको म्याग्दे गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान अघि बढाइएको छ । गाउँपालिकाले हालसम्म तीन वडालाई बालश्रममुक्त वडा घोषणा गरिसकेको छ । 
    गाउँपालिकाको वडा नं १,४ र ५ लाई बालश्रममुक्त वडा घोषणा गरेको हो । ७ वटा वडा रहेको यस पालिकाले २,३,६ र ७ वडालाई बालश्रममुक्त बनाउने अभियानमा रहेको छ । 
    एकीकृत हरित विकास संस्थाले वडाभरको टोल तथा क्षेत्रमा गएर बालवालिकाको अवस्थाको बारेमा अध्यनन तथा अनुसन्धान गरेपछि अभियान अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए । 
    १८ वर्ष भन्दा मुनिका बालबालिकालाई ज्यालादारीमा लगाउन नपाउने, वालवालिकाले पढ्न पाउने हक अधिकार कुष्ठित गर्न नपाउने, वालवालिका भोलि देशको कर्णधार भएको हुदाँ बालबालिकाको बृद्धि विकासमा सवैले ध्यान दिनुपर्ने व्यवस्था गरिएको छ । 
    अनाथ, असहाय र गरिवीको रेखामा रहेको बालबालिकाको  अभिभावकत्व प्रदान गर्नु आम म्याग्देवासीको जिम्मेवारी भएको उपाध्यक्ष वालकृष्ण घिमिरेले बताए ।  
    पालिका बालबालिकाको बृद्धि विकास, चेतनाको विकास, शिक्षा, स्वास्थ्य र रोजगारको सवालमा प्रष्ट रहेको र अगामी दिनमा पालिकालाई नै बालश्रममुक्त पालिका घोषणा गर्ने योजना रहेको छ उनले भने । अझै पनि हाम्रो समाजको सोच पुरातनवादी भएको हुदाँ यसको व्यवहारिक कार्यन्वयनका लागि कठिन कार्य रहेको समेत उनले औल्याए । 
    नेपालको सन्र्दभमा बालश्रम एउटा ठुलो चुनौतीको रुपमा रहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।  अनाथ, असहाय, गरिबीका कारण  बालबालिका अझै पनि बाँच्नका लागि पुर्ण रुपमा श्रममा निर्भर हुनु अत्यन्त दुखको बिषय भएको उनले बताए । 
    सरकारले नै बालश्रममुक्त घोषणा संवैधानिक व्यवस्थामा गरेपनि यसको व्यवहारिक कार्यन्वयन नहुँदा समस्या ज्यूँका त्यूँ रहेको छ । बालवालिकाको अधिकारमा राज्य र सम्वन्धित निकाय चनाखो हुनुपर्ने देखिएको छ । 
    कलिलै उमेरमा हातमुख जोर्नका लागि विभिन्न किसिमका श्रममा जोडिनु बाध्यता भएपनि बालबालिकाको पढ्न, लेख्न, खेल्न पाउने नैसर्गिक अधिकारमा स्थानिय सरकार साधक बनेर लाग्ने बताइएको छ । 
    वडालाई वालश्रममुक्त घोषणा गरेर मात्र नहुने भएकोले त्यसको निरन्तरताको लागि गाउँपालिकाले पहल गरिरहनुपर्ने एकीकृत हरित विकास संस्थाका प्रतिनिधी रक्षा जमरकट्टेलले बताइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार