जनचाहना न्युज
तनहुँ १८ पुस
जिल्लाको म्याग्दे गाउँपालिकाले एक हजार तीन सय तीन जनालाई निस्सा बितरण गरेको छ । गाउँपालिकाले अव्यवस्थित वसोवासी ११५३, भुमिहिन सुुकुम्वासी ६५, भुमिहिन दलित ८५ लाई निस्सा वितरण गरेको हो ।
म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन म्याग्दे गाँउपालिका वडा नं १ वाट शुरु भई वडा नं ७ मा पुगेर सम्पन्न भएको हो ।
वडा नं ७ को वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे रहेका थिए ।
वडा नं ७ मा अव्यवस्थित वसोवासीमा १३८ जना, भुमिहिन सुुकुम्वासी ६ जना, भुमिहिन दलित १६ जना गरि कुल १६० जनालाई निस्सा वितरण गरेको छ ।
यस सँगै म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले निस्सा प्राप्त गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथी पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुकुम्वासीको समस्या राज्यको दायित्व भएको हुदाँ जुन सरकार आएपनि काम जहाँ पुगेको छ, त्यहिवाट शुरु हुने बताए । ओली सरकारको पालमा गठित आयोगले गरेको कामले नै यहाँसम्म आईपुगेको हुदाँ सरकारले ढिलो चाँडो यसको समाधान गर्ने बताए ।
विगतमा सुकुम्वासीको नाममा हुकुमवासीले जग्गा प्राप्त गरेको हुदाँ त्यसो नगर्न र आम जनतालाई भुमिसँगको अधिकार दिलाउनका लागी सवैले सहायोग गर्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जग्गा प्राप्तिको लागी यो निस्सा वितरण केही नभएको तर यो नै सवै भएको बताए । यसैको आधारमा जग्गा प्राप्तिको प्रक्रिया अगाडी वढ्ने हुदाँ सरकार परिवर्तनले यो काममा केही असर नगर्ने बताए । निस्सा वितरणका शुरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुदाँ ढिलो भएको हुदाँ यहि निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने र जग्गाको नाँपजाँचको काम शुरु हुने बताए ।
लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij