जनचाहना न्यूज
दमौली १८ पुस फाइल तस्बीर ः
चोरी घट्नामा पक्राउ परी म्याद थपका लागि तनहुँ जिल्ला अदालतमा ल्याएका दुई व्यक्ति सोमबार फरार रहेकोमा प्रहरीले पुन ः पक्राउ गर्न सफल भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाबाट पक्राउ परेका दुई व्यक्तिलाई म्याद थपको लागि जिल्ला अदालत ल्याइएकोमा फरारको प्रयास गरेका थिए । फरार भएका दुई व्यक्तिलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ । तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्कालाई यस बिषयमा जानकारी लिन पटक पटक फोन सम्पर्क गरेपनि सम्पर्क हुन सकेन् । फरार भएका व्यक्ति को थिए भन्ने बिषयमा अझै खुल्न नसकेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij