Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अधिवक्ता काफ्लेद्वारा बोनम्यारो क्यान्सर पीडित मगरलाई पाँच हजार सहयोग

  • 224
    SHARES
  • 224 Shares
  • काफ्ले कानुनी सेवाका अधिवक्ता शिवराज काफ्लेले सोमबार बोनम्यारो क्यान्सर पीडित दिपक मगरलाई आर्थिक सहयोग गर्नुभएको छ । देवघाट गाउँपालिका–२खानीभित्ता घरभई हाल व्यासनगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आउनुभएका २६ बर्षीय मगरलाई अधिवक्ता काफ्लेले रु.पाँच हजार सहयोग गर्नुभएको हो । आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका मगरको उपचारको लागि सानो रकम भएपनि सहयोग गर्ने भित्री चाहना अनुरुप सहयोग गरेको काफ्लेले बताउनुभयो । आफुले कमाएको रकम मध्ये केही रकम दीनदुखीको सेवामा सहयोग गर्ने योजना अनुरुप सहयोग गरेको उहाँले बताउनुभयो । अधिवक्ता काफ्ले केही दिन अघि ऋषिङगाउँपालिका–८ निवासी खिमबहादुर नेपाली र व्यासनगरपालिका–६ गलेखाम निवासी २६ बर्षीय शेरबहादुर श्रेष्ठलाई जनही रु.५५०० का दरले सहयोग गर्नुभएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार