Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

समाजसेवी प्रधानद्वारा कुलज्योती प्राथमिक विद्यालयलाई स्मार्ट टिभि सहयोग 

  • 231
    SHARES
  • 231 Shares
  • जनचाहना न्युज
    तनहूँ २६ पुस
    व्यास ५, भुपु टोल निवासी मन कुमार प्रधान ‘हरि’ले म्याग्दे गाँउपालिका– १ स्थित कुलज्योती प्रावि लाई विद्यालयको ५१ औ अभिभावक दिवस एवं २२ औ वार्षिकोत्सवको अवसर पारेर  स्मार्ट टिभि सहयोग गरेका छन् । 
    विद्यालय व्यवस्थापन समितीका अध्यक्ष निरमाया सुनारलाई हरिले ३२ ईन्चको स्मार्ट टिभि प्रदान गरेका हुन् ।  विद्यालयमा वालवालिकालाई शिक्षामा सहयोग होस भन्ने हेतुले सहयोग गरिएको मन कुमार प्रधान ‘हरि’ ले बताए । डिजिटल युगमा विद्यार्थीको पढाईलाई केही सहज होस भनेर सहयोग गरेको हुँ, हरिले बताए । 
    व्यवस्थापन समितीका अध्यक्ष निरमाया सुनारले हरिले गरेको कार्यले विद्यालयलाई धेरै सहयोग पुगेको वताए । भौतिक साधनको अभावले विद्यार्थीमा शिक्षामा परेको सन्र्दभमा टेलिभिजनको सहयोगले पढाईको गुणस्तरमा सुधार हुने विश्वास गरे ।
    यसैगरि विद्यालयका प्रधानाध्यापक पदम कुमार श्रेष्ठले स्मार्ट टिभिको सहयोगले अव टेलिभिजनवाट नै विद्यार्थीले अध्ययन गर्न सक्ने बताए । डिजिटल युगमा प्रविधिको प्रयोग महत्वपुर्ण हुने रहेछ, जसले गर्दा विद्यार्थीको प्रविधिप्रति को क्षमता विकास हुने विश्वास व्यक्त गरे ।
    कार्यक्रममा म्याग्दे १ को वडा सदस्य मीन वहादुर गुरुङ्ग, टोल विकास संस्थाको अध्यक्ष राजु गुरुङ्ग, जलदेवी युवा क्लवका अध्यक्ष मदन गुरुङ्ग, विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु लगायत स्थानिय व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार