Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

शुक्र आधारभूतका विद्यार्थीलाई न्यानो कपडा वितरण 

  • 379
    SHARES
  • 379 Shares
  • दमौली २८ पुस
     जिल्लाको व्यास नगरपालिका वडा नं ५ स्थित रहेको शुक्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा प्रदान गरिएको छ । एनसीएस एजुकेशन फाउन्डेशनको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो । व्यास ४ का वडा सदस्य सरोज भण्डारीको सक्रियतामा नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा सम्पूर्ण विद्यार्थीहरूलाई एक विद्यार्थी एक स्वीटर र टोपी उपहारस्वरूप प्रदान गरिएको हो । जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो स्वीटर र टोपीले निरन्तर विद्यालय आउन सहज हुने फाउन्डेशनका प्रमुख मुना न्यौपानेले बताईन् ।  वडा सदस्य भण्डारीले जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरणमा सहयोग गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार