Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

म्याग्दे गाउँपालिकाद्वारा भेटेरिनरी अध्ययन गर्ने एघार विद्यार्थीलाई छात्रवृत्ति

  • 518
    SHARES
  • 518 Shares
  • जनचाहना न्युज
    तनहुँ ८ माघ 
    म्याग्दे गाँउपालिकाले प्रिं–डिप्लोमा भेटेरीनरी (१८ महिने) अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्रका गरिब तथा विपन्न वर्गका एघार जना छात्रछात्रालाई शिक्षामा सहज पहुँच र भेटेरीनरी जनशक्ति उत्पादन गर्ने हेतुले छात्रवृत्ति प्रदान गरेको हो । 
    म्याग्दे गाँउपालिकाको १२ औ गाँउसभावाट स्वीकृत बजेट तथा कार्यपालिकाको बैठकले निर्णय गरी विद्यार्थी छनौट पश्चात अध्ययनमा लाग्ने शुल्कमा ५० प्रतिशत छात्रवृत्ति दिइएको लेखा अधिकृत नवराज प्रोख्रेलले जानकारी दिए । 
    म्याग्दे–३ स्थित जनगणपति माध्यामिक विद्यालयमा आर्थिक वर्ष ०७८÷०७९ मा भर्ना भएका विद्यार्थीलाई पच्चीस हजारको दरले रु.दुई लाख पचहत्तर हजार  पालिकाबाट दिने निर्णय भएको हो । 
    स्थानिय व्यक्तिले भेटरीनरी पढ्नका लागि छात्रवृत्ति अनुदान कार्यक्रम अन्र्तगत छात्रवृत्ति दिए अनुरुप गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।  
    गाउँपालिकामा आवश्यक जनशक्ति बाहिरबाट ल्याउनुपर्ने  र स्थानिय स्तरमा जनशक्ति अभाव हुदाँ पालिकामा समस्या रहने भएकोले प्राविधिक जनशक्ति उत्पादन गर्न गाउँपालिकाले यस किसिमको नीति लिएको उनले बताए ।  
    प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण ल्याउन र यसको महत्व बुझाई स्वनिर्भर तथा आत्मनिर्भर वनाउने उद्वेश्य अनुरुप छात्रवृत्ति दिएका हौ, उनले भने, ‘प्राविधिक शिक्षा हासिल गरिसकेपछि कोही पनि बेरोजगार बस्नुपर्ने अवस्था आउने छैन् ।’ 
    गाउँपालिकाले यस कार्यक्रमलाई निरन्तर दिने सोच बनाएको सो गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले यस किसिमको अभियान थालेसंगै विद्यार्थीको प्राविधिक विषयको अध्ययनमा आर्कषण वढ्ने पालिकाले बिश्वास लिएको छ । 
    जनगणपति माध्यामिक विद्यालयमा प्रिं डिप्लोमा भेटरीनरी (१८ महिने) कक्षा संचालन भएसँगै यहाँ उक्त विषय पढ्ने विद्यार्थीको आर्कषण वढेको छ । पालिकाले भेटेरीनरी पढ्न लाग्ने कुल खर्च ५० हजार मध्येको ५० प्रतिशतले हुन आउने रकम निर्णय गरी प्रदान गरेको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार