जनचाहना न्युज
तनहुँ ९ माघ
जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयले गाउँपालिका भित्र रहेका गरीब तथा जेहेन्दार गरी बाइस जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका कार्यालयले छात्रवृत्ति वितरण कार्यविधी २०७९ अनुरुप ०७९ पौष २१ गतेको गाउँकार्य पालिकाको निर्णय बमोजिम उक्त विद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको हो ।
गाउँपालिकाले छात्रवृत्तिका लागि रु.छ लाख साठी हजार रकम छात्रवृत्तिमा खर्च गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
छात्रवृत्ति बितरण समितिको सिफारिसमा छनोट भएका विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराइएको उनले बताए ।
छात्रवृत्ति रकम लिन आउँदा अध्ययनरत विद्यालयबाट अध्ययनरत तह तथा बिषय खुलाइएको सिफारिस पत्र र विद्यार्थीको नाउँमा रहेको बैक खाताको प्रतिलिपी पेश गर्न अनिवार्य गरिएको छ ।
गाउँपालिका भित्र रहेका मित्रता मावि,जनप्रिय मावि,आँबुखैरेनी क्याम्पस,रामशाह मावि,गोल्डेन गेट इंगलिस बोडिङ्ग,गण्डकी आवसिय मावि,युनिर्भसिटी अफ साउथ लगायतका विद्यालयमा विभिन्न बिषयमा लिई अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको हो ।
आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्वेश्यले उक्त कार्यक्रम ल्याएको उनले जानकारी दिए ।
गाउँपालिकाको यस किसिमको कार्यले शिक्षा क्षेत्रमा प्रगति हुने बिश्वास गरेका छौ, उनले भने ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij