Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

राधा माविको वार्षिकोत्सव ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • 191
    SHARES
  • 191 Shares
  • जनचाहना न्युज
    म्याग्दे १० माघ 
    राधा माध्यामिक विद्यालयको ४२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छविलाल श्रेष्ठको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।  
    विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी श्रीप्रसाद श्रेष्ठले अवको शिक्षा व्यवहारिक शिक्षा हुनुपर्ने बताए । राधा माविले म्याग्दे गाँउपालिकाको शिक्षाको हकमा धेरै ठुलो योगदान गरेको हुदाँ अवको शिक्षा व्यवहारिक हुनुपर्नेमा जोड दिए । 
    सैदान्तिक शिक्षाले मात्र समाज रुपान्तरण नहुने हुदाँ अव प्राविधिक शिक्षा, अर्थात सिपमुलक शिक्षाले मात्र परिवर्तन सम्भव हुने उनले बताए । सिपमुलक शिक्षाले कोही पनि वेरोजगार वन्नुपर्ने अवस्था नभएको हुदाँ अवको शिक्षा त्यही दिशातर्फ उन्मुख हुनुपर्ने बताए । 
    सो अवसरमा प्रमुख अतिथी म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शिक्षामा योगदान दिनका लागी  पालिकाले नै विद्यालयलाई आवश्यक पर्ने वस खरिदका लागि रु.४० प्रतिशत अनुदान व्यवस्था गरिएको वताए । सवैको साथ र सहयोगले विद्यालयका लागी आवश्यकीय वस खरिद गर्न सकिने हुदाँ सहयोग गर्न समेत अनुरोध गरेका थिए । 
    कार्यक्रमका विशिष्ट अतिथी म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जीवनको मुख्य पाटो शिक्षा नै भएको   बताए । शिक्षा विना समाज परिवर्तन हुन सक्दैन । उनले भने,अवको शिक्षा गुणस्तरीय शिक्षा र उपलव्धीमुलक हुनुपर्छ । 
    राधा मावि का विद्यार्थीले देश र समाजमा धेरै ठुलो योगदान गरेको छ । यसका लागी यहाँको शैक्षिक व्यक्तित्वहरुको धेरै ठुलो योगदान भएको छ, विद्यालयलाई यहाँसम्म ल्याउन भुमिका खेल्नेलाई धन्यवाद दिन चाहन्छु, उपाध्यक्ष घिमिरेले बताए । 
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।  सो कार्यक्रममा म्याग्दे गाँउपालिकाका शिक्षा शाखाका प्रमुख वुद्धिसागर खनाल, म्याग्दे २ का वडाध्यक्ष शिव वहादुर रानाभाट, राजनैतिक दलका प्रतिनिधीहरु, समाजका अगुवा तथा वौद्धिक वर्ग, विद्यार्थीहरुले धारणा राखेका थिए । 
    शिक्षक रामभक्त रानाभाटले संचालन गरेको सो कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा खेलकुद प्रर्दशन गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार