जनचाहना न्युज
तनहुँ १० माघ
व्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयले घरदैलो अभियान थालेको छ । यही माघ १२ गते श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसरमा नयाँ बिद्यार्थी भर्नाको लागि घरदैलो अभियान थालेको हो ।
सरस्वती पूजाको अवसरमा अक्षरशुभराम्भ तथा निशुल्क भर्ना गर्ने योजना सहित घरदैलो कार्यक्रमलाई तीब्रता दिइएको विद्यालयका शिक्षक ज्ञानेन्द्र जिसीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेत र शिक्षक अभिभावक संघका अध्यक्षका मिनबहादुर चदारोको नेतृत्वमा क्षेत्र विभाजन गरी शिक्षक शिक्षिका सहित घरदैलो कार्यक्रममा हिडेका छन् ।
समितिका अध्यक्ष बस्नेतको नेतृत्वले भादगाउँ,ठूलोगाउँ लगायतका क्षेत्रमा र अभिभाव संघका अध्यक्ष चदारोको नेतृत्वले गल्बुबेसी,लिच्चीघारी लगायतका स्थानमा घरदैलो कार्यलाई तीब्रता दिदै आएका छन् ।
घरदैलो कार्यक्रम माघ ९ गते देखि तीव्रता दिदै आएको सो विद्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij