Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेपाल शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल भारी मतले बिजयी 

  • 362
    SHARES
  • 362 Shares
  • जनचाहना न्युज
    तनहुँ १४ माघ 
    नेपाल शिक्षक संघ,व्यास नगरपालिका तनहुँको चौथो नगर अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनबाट अत्याधिक मत पाएर इन्द्रप्रसाद पौडेल बिजयी भएका छन् ।  अध्यक्ष र सचिव पदमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया अघि बढाइएको हो । 
    कूल मतदाता छ सय बैसठ्ठीमध्ये खसेको पाँच सय सत्ताइस मतमा पौडेलले तीन सय सतसठ्ठी मत पाएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी बलराम वाग्लेले एक सय पचपन्न मत पाएका  थिए ।  त्यसैगरीमा सचिव पदकी उम्मेदवार रुपा घिमिरेले तीन सय अत्सठ्ठी मत पाएर बिजयी भइन् । उनका निकटतम प्रतिद्वन्दी बुद्धिबहादुर बरालीले एक सय पैतालिस मत पाएको निर्वाचन समितिका संयोजक हरिराज काफ्लेले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार