Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पराशर माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव तथा अभिभावक  समारोह 

  • 287
    SHARES
  • 287 Shares
  • जनचाहना न्युज
    दमौली १४ माघ 
    व्यास नगरपालिका–५ पाटनस्थित परासर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३१औं वार्षिकोत्सव शनिबार भव्य रुपमा सम्पन्न भएको छ । 
    व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले  कार्यक्रमको  उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले विद्यालयले शैक्षिक गुणस्तरमा खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यालयको  नयाँ बन्ने भवनले विद्यालयको थप आवश्यकताहरू  पूरा गर्न सहयोग पुग्ने बताए ।  पाटन क्षेत्रका सम्पूर्ण अभिभावकले आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिन को लागि अन्यात्र लैजान नपर्ने अवस्थाको सिर्जना हुनेमा बिश्वास व्यक्त गरे । 
    उक्त विद्यालय अनुशासन तथा शैक्षिक गुणस्तरमा व्यासनगरपालिका कै नमुना विद्यालय बन्ने विश्वास व्यक्त गर्दै विद्यालयमा समयअनुकुल प्रविधिमैत्री शिक्षा प्रदान गर्नको लागि थप प्रयास गर्नुपर्ने विचार व्यक्त समेत व्यक्त गरे । 
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त बार्षिक वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा विद्यालयमा झण्डै २५वर्ष प्रधानाध्यापकको रुपमा कुशल नेतृत्व प्रदान गर्नुहुने विद्यालयका निवर्तमान एवं संस्थापक प्र अ हेम पौडेललाई सम्मान गरिएको थियो।

    parasar 22.jpg विद्यालयलाई छात्रवृद्धि लगायत अन्य कार्यमा सहयोग गरेको भन्दै पोखरा नगरपालिका चाउथे निवासी हाल ब्रिटिस सेनामा कार्यरत विनोद श्रेष्ठ,र्रु एक लाख ७हजार ७७८रुपैयाँको अक्षयकोष स्थापना गर्ने हेम उषा गरिब तथा जेहन्दार छात्रवृत्ति अक्षयकोषका र संस्थापक हेम पौडेल तथा उषा क्षेत्री,उसमान फाउन्डेसनका प्रतिनिधी सलीम मिया,खेमबहादुर अक्षयकोष संस्थापक खेम बहादुर रानाभाट ,सरस्वती पुस्तक पसल दमौलीका संस्थापक प्रोपाइटर रामभक्त रानाभाट,विद्यालयका पूर्व शिक्षक परशुराम गिरि, रोटरी क्लव अफ दमौली,रोट्रयाक्ट  क्लब अफ दमौली,  पाटन युबा क्लब,पाटन यूवा क्लवका अध्यक्ष अमर थापा,शिक्षक अनिता काफ्ले, शनभुलाल थापा, तथा समीक्षा श्थापालाई समेत प्रशंसापत्र बाट सम्मान गरिएको थियो ।
    सो अवसरमा विद्यालयमा स्थापित विविध छात्रवृद्धि अक्षयकोषबाट झण्डै , साठी हजार रुपैयाँ बराबरको विविध छात्रवृद्धि विद्यार्थीहरुलाई वितरण गरिएको थियो। कार्यक्रममा विद्यालयमा सञ्चालित विविध कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगायत अतिथिहरुले पुरस्कार तथा सम्मान वितरण गरे । विविध सास्कृतिक कार्यक्रम तथा नाटक एवं स्थानीय क्षेत्रको मौलिक संस्कृति प्रस्तुत गरिएको उक्त वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले ६२ लाख बराबरको आय व्यय तथा करीब तिन करोड ३५ लाखको अनुमानित आय व्यय  को विवरण प्रस्तुत गरिएको थियो। 

    student.jpg
     विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गराउनको लागि विद्यालयले मूलतः व्यवहारिक शिक्षा तथा प्रविधि मैत्री शिक्षामा जोड दिने गरेको र आगामी योजना हरु पनि सोही अनुरुप तय गरेको व्यहोरा प्रतिवेदनमा प्रस्तुत गर्नुभयो । सोअवसर उक्त वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहमा संस्थापक नगर प्रमुख  ताराप्रसाद श्रेष्ठ, वडाअध्यक्ष विष्णुकुमार श्रेष्ठ, वडासदस्य सुन्दर वाग्ले ,सम्मानित व्यक्तित्व हेम पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नरबहादुर राना भाट, कृष्ण नारायण श्रेष्ठ, पूर्व शिक्षक परशुराम गिरि,पूर्व विद्यार्थी मञ्चका अध्यक्ष साइट सिंह नेपाली,ल छिमेकी विद्यालय प्र अ गणेश चन्द्र बस्नेत ,राजेन्द्र खनाल तथा  केशर थापा ,पाटन टोल विकास संस्थाका अध्यक्ष गायतका वक्ताहरुले विद्यालयको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यालयका शिक्षाक अभिभाव सङ्ख्या अध्यक्ष नरबहादुर रानाले धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा शिक्षक रुपा श्रेष्ठले स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन सहायक प्रअ अनिता देवि घिमिरे काफ्लेले गरेकी थिइन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार