Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँमा फरार तीन प्रतिबादी पक्राउ

  • 182
    SHARES
  • 182 Shares
  • जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषध मुद्दाका सहित तीन प्रतिबादीलाई पक्राउ गरेको छ । लागुऔषध एक,झगडा मुद्दाका एक र फरार हुदै आएका फरार एक समेत गरी तीन प्रतिबादीलाई पक्राउ गरेको हो । व्यासनगरपालिका–२ बस्दै आएका २० बर्षीय सुनिल थापालाई प्रहरीले पक्राउ गरी कैद र जरिवानाको लागि तनहुँ जिल्ला अदालत समक्ष पेश गरेको छ  । 
    तनहुँ जिल्ला अदालतबाट ०७८ बैशाख ४ गतेको फैसलाले  एक महिना १५ दिन कैद र रु.दुई हजार जरिवाना तोके पछि निज फरार हुदै आएका थिए । अदालतबाट तोकिएको रु.बाह्र हजार दुई जरिवाना भुक्तानको लागि  तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार