Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासनगरपालिकाले ल्यायो ५४० थान जाली, कसरी पाउन सकिन्छ जाली ?

  • 218
    SHARES
  • 218 Shares
  • व्यासनगरपालिका कार्यालयले ५४० थान जाली चितवनबाट खरीद गरी ल्याएको छ । व्यासनगरपालिका मातहत रहेका चौध वटै वडाहरुमा बाढी पहिराले क्षति भएको स्थानमा सुरक्षित व्यवस्थापन गर्न नगरपालिकाले जाली ल्याएको हो । खरिद ऐन अनुरुप कम्तीमा ३० दिनको सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था भएपनि बिपद्को अवस्थामा कार्यपालिकाको निर्णयले ७ दिने सूचना प्रकाशित गरी खरिद गरिएको हो । जाली खरिदका लागि विभिन्न आठ फर्मले अनलाइन मार्फत ठेक्का हालेपनि कोहिनुर वर्यर काठमाण्डौले ठेक्काको जिम्मा पाएको व्यासनगरपालिका योजना शाखाका शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिनुभयो । उक्त कम्पनीले भ्याट सहित रु.१९ लाखमा ठेक्का सम्झौता गरेको थियो । जुन २३ प्रतिशत कममा ठेक्का हालेको थियो । ३–१–१ साइजको ३६० र २–१–१ साइजको १८० थान जाली आइपुगेको छ । उहाँले भन्नुभयो ‘अहिले आएको जालीले क्षति भएको स्थानमा व्यवस्थित गरेपछि नपुगे  कार्यपालिकाको बैठक बसी पुन ः माग गर्ने योजना रहेको छ ।’ बाढी पहिराका कारण घर,सडक,बस्ती,नदी,खोला आसपास क्षेत्रमा जोखिममा रहेका स्थानहरुमा तटबन्धन गरी सुरक्षित गरिने छ । वडाको सिफारिसमा आवश्यक परेको स्थानमा माग अनुरुप जाली उपलव्ध गराइने नगरपालिका कार्यालयले जनाएको छ । 
    फोहोर उठ्न थाल्यो 
    व्यासनगरपालिकाले केही दिन यता उठाउन नसकेको फोहोर पुन ः संकलन गर्न थालेको छ । व्यासनगरपालिका–१३ स्थित बुद्धसिं मार्ग साइडमा फोहोर बिर्सजन गर्न व्यवस्थापन गरिएपनि बाढीले व्यास–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएपछि फोहोर उठ्न सकेको थिएन । केही दिन पछि बुल्दी खोलामा अस्थायी रुपमा कजवे राखेर पछि फोहोर उठाउन थालिएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । बाटो साँघुरो भएकोले साना ट्याक्टरको माध्यमबाट फोहोर संकलन गरी बिर्सजन कार्य थालिएको छ । उहाँले भन्नुभयो ‘ठुला गाडी आवत जावतमा समस्या भएकोले फोहोर उठाउन केही ढिलाई भएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार