जिल्ला प्रहरी कार्यालय तनहुँले दमौली बजार स्थित एक होटलबाट होटल संञ्चालक सहित शनिबार नौ जनालाई पक्राउ गरेको छ । प्रहरीले व्यासनगरपालिका–३ निमचोक स्थित प्रकृति गोरखा खाजा घरबाट उनीहरुलाई पक्राउ गरेको हो । यसरी नियन्त्रणमा लिइएकाहरु युवती २०÷२२ उमेरका, युवक २० देखि २५ उमेर समुहका र होटल संञ्चालक ३९ बर्षीय महिला रहेकी छन् । होटलमा होहल्ला भएपछि के को हल्ला रहेछ भनि प्रहरीले गएर हेर्दा उक्त समुहका व्यक्तिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । यसरी पक्राउ परेका व्यक्तिहरुको नाउँ भने सार्वजनिक गरिएको छैन् । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भैरहेको र अनुसन्धान पश्चात सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij