Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

हराएकी तनहुँकी अपाङ्गता युवती चार दिन पछि पोखरामा भेटिइन्,कसले पु¥यायो पोखरा ?

  • 346
    SHARES
  • 346 Shares
  • जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार निवासी २१ बर्षीय शर्मिला सुनार चार दिन पछि पोखरा क्षेत्रमा शकुसल फेला परेकी  छन् । सुस्त मनस्थिति रहेकी सुनार घर परिवारका सबै जना सुतेको अवस्थामा गत भदौ २२ गते रातीबाट हराएकी युवती शनिबार फेला परेकी हुन् ।  ती युवतीको खोजताल गर्दै जाँदा शनिबार पोखरा स्थित सिर्जनाचोक आसपास क्षेत्रमा फेला परेको निजकी दिदी लिलावती सुनारले जानकारी  दिनुभयो । बहिनी हराएपछि आफन्तजन,इष्टमित्र सबैकोमा सम्पर्क गरेपनि सम्पर्क बिहीन रहेकोले परिवारजनहरु चिन्तित थिए । गत भदौ १७ गते सोही स्थान निवासी स्थानीय सुवास सुनारले     (नाताले सानीआमा) पर्ने ती युवतीलाई ललाई फकाई पोखरामा लगि बहिनीको कानमा लगाएको एका पट्टिको सुनको रिङ फुकालेर बिक्री गरेको बहिनीको भनाईलाई उदृद्ध गर्दै उहाँले बताउनुभयो । अर्को पट्टी कानको रिङ मासेर दुबै कानमा रिङ बनाएर लगाइ घरमा ल्याएर छोडिदिएको जानकारी पाएपछि आमा बिभा बिकले दुबै कानको गहना फुकालि घरमा राखि दिनु भएको थियो । त्यसैगरी दोस्रो पटक भदौ १९ गते राती पुन ः सोही युवती घरबाट हराएकी थिइन् । पहिलो घट्नामा संलग्न सुवास सुनारले ती युवतीको मोबाइलमा आफ्नो सिमकार्ड प्रयोग गरी सोही राती पोखरा आफन्त कहाँ पठाई दिएको समेत खुल्न आएको छ । बसपार्कमा ल्याई छाडिदिएको र सुन बिक्री गरेको कुरा कसैलाई भने तँलाई र तेरो दाजुलाई मार्ने धम्की सुवासले दिएकोले डरले तत्कालै घर परिवारमा भन्न नसकेको भनि परिवारजनले जानकारी गराएका थिए ।
    प्रहरीले हाल ती युवकलाई नियन्त्रणमा लिई तारेखमा छाडिदिएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।  
    हराएकी युवती फेला परेसंगै को कसले कसरी लगेर भनेर थप अनुसन्धान गर्न सजिलो हुने इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो । कोही व्यक्ति घट्नामा संलग्न भएको देखिए कानुनी कारबाही को लागि प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । पीडित पक्षले हराएको भनि जाहेरी दिएकोले प्रहरीले समेत खोजी कार्यलाई तीब्रता दिदै आएको थियौं । उहाँले भन्नुभयो ‘व्यक्ति फेला परेपछि थप अनुसन्धानमा सहयोग पुग्ने बिश्वास गरिएको छ ।’  युवती हराएपछि दैनिक आठ÷दश जनाको टोलीले खोजी गर्दै आइएको ती युवतीका भिनाजु खोमबहादुर सुनारले जानकारी  दिनुभयो । उक्त घट्ना अघिसम्म आफु खुशी हिडेपनि आफन्त कहाँ जाने र आउने बानी थियो तर यस्तो व्यवहार भएको थिएन उहाँले भन्नुभयो । ती युवतीले अपाङ्गता भत्ता बापत मासिक रु.चार हजार बुझ्दै आएकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार