जनचाहना न्युज
तनहुँ ८ फागुन
आबुखैरेनी गाँउपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन विद्यालयलाई दिने निर्णय गरिएको छ । उक्त वडा भित्र रहेको इन्द्रदेवी आधारभूत विद्यालयको भवन जिर्ण रहेकोले वडा कार्यालय भवन हस्तान्तरण गर्न लागेको हो ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा आइतबार बसेको गाउँ कार्य पालिकाको बैठकले उक्त निर्णय गरेको हो ।
दुई ढलानको आरसीसी दश कोठे वडा भवनमा आगामी शैक्षिक सत्र बैशाख १ गतेदेखि विद्यालय संचालन गर्ने गरी निर्णय भएको वडा अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
विद्यालय भवन जिर्ण भएको,खेल मैदान प्रर्याप्त नभएको कारण शैक्षिक सुधार कार्यक्रमको लागि विद्यालयलाई प्रदान गर्न लागिएको हो ।
वडा कार्यालयलाई सोही विद्यालय भवन राख्ने या अन्यत्र बैकल्पीक स्थानमा सार्ने बिषयमा छलफल भैरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
गाउँपालिका भित्र पैतिस वटा सामुदायिक विद्यालय संचालन हुदै आएका छन् । चार हजार तीन सय विद्याथी अध्ययनरत रहेको गाउँपालिकाले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij