जनचाहना न्युज
तनहुँ ९ फागुन
जिल्लाको पुर्वी नाकामा रहेको आँबुखैरेनी गाउँपालिका कार्यालयले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षा तालिम प्रदान गरेको छ ।
सुतुकान कराँतेका मुख्य प्रशिक्षक जेबी रानाले गाउँपालिका भित्र संचालित सामुदायिक विद्यालयमा पुगेर छात्राका लागि तालिम दिन शुरु गरेका हुन् । पहिलो चरणमा छात्राको घनत्व भएका विद्यालयलाई प्राथामिकता दिएर प्रशिक्षण दिन थालिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाले यस आर्थिक बर्षका लागि रु.पाँच लाख बजेट बिनियोजन गरी आँबुखैरेनीको रामशाह माध्यमिक विद्यालयबाट तालिम शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए ।
समाजमा पछिल्लो समय अपराधिक क्रियाकलापका ाथै बलात्कारका घट्ना बढ्दै जान थालेपछि आफ्नो जीवन रक्षाको लागि छात्रालाई सक्षम बनाउन आत्मरक्षक तालिम आवश्यक देखिएको उनले बताए ।
गाउँपालिका भित्र पैतिस वटा सामुदायिक विद्यालय संचालन हुदै आएका छन् । जसमा चार हजार तीन सय विद्याथी अध्ययनरत रहेको गाउँपालिकाले जनाएको छ ।
उक्त बजेटले पुगेसम्म विद्यालयमा पुगेर छात्रालाई तालिम प्रदान गरिने छ । उनले भने,‘बाँकी रहेका विद्यालयहरुमा आउँदा बर्ष निरन्तरता दिइने योजना रहेको छ ।’
त्यसैगरी गाउँपालिका कार्यालयले पहिलो चरणमा ३ देखि ५ वटा विद्यालयलाई बस हस्तान्तरण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । तीन वटा बस यसैबर्ष खरिद गर्ने प्रक्रियामा रहेको छ । बिद्यालयले बस संचालनमा ल्याएसंगै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्ने बिश्वास लिएका छौ,उनले भने ।
गाउँपालिकाले यसबर्ष बस खरिदका लागि रु.पैठ्ठी लाख बजेट बिनियोजन गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij