Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आँबुखैरेनीका ग्रामीण सामुदायिक बिद्यालयमा स्कूल बस सररर..............

  • 587
    SHARES
  • 587 Shares
  • जनचाहना न्युज
    तनहुँ ११ फागुन                                                                                        साँकेतिक तस्बीर ः 
    आबुखैरेनी गाँउपालिका कार्यालयले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा स्कूल बसको व्यवस्था गर्न लागेको छ । विद्यालय टाढा भएका कारण पढ्न जानआउन समस्यामा परेका विद्यालयका विद्यार्थाीलाई प्राथामिकतामा राखेर गाउँपालिकाले स्कूल बस संचालन गर्न लागेको हो । 
    कुन कुन बिद्यालयमा बस संचालन गर्ने भन्ने बिषयमा छलफल कार्य भैरहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । 
    आगामी शैक्षिक सत्र २०८० सालदेखि गाउँपालिकाका जनप्रतिनिधीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा अध्ययन गराउने निर्णय गरेसंगै प्रशंसा कमाएको यस पालिकाले सहज रुपमा विद्यार्थीलाई शिक्षा उपलव्ध गराउन बसको व्यवस्था गर्न लागेको हो । 
    स्कूल बस खरिदका लागि गाउँपालिका कार्यालयले रु.पैसठ्ठी लाख बजेट बिनियोजन गरी सकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए । बस खरिदका लागि प्रक्रिया अघि बढाइसकिएको समेत उनले जानकारी दिए । 
    गाउँपालिकाले तीन देखि पाँच वटासम्म बर्ष खरिद गर्ने योजना बनाएपनि यसबर्ष बढीमा तीन वटा बस खरीद गर्न सकिने देखिएको उनले बताए । सामुदायिक विद्यालयका विद्यार्थीलाई विद्यालय जान आउन सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाको शतप्रतिशत अनुदानमा स्कुल बस खरीद गरी हस्तान्तरण गर्ने योजना बनाएको हो । 
    सामुदायिक बिद्यालयले बस संचालनमा ल्याएसंगै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्ने बिश्वास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।  
    स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाइदै 

    त्यसैगरी गाउँपालिका कार्यालयले स्वास्थ्यलाई प्राथामिकतामा राखेर काम गर्दै आएको छ । प्रन्ध शैय्याको आँबुखैरेनी अस्पताल संचालनमा ल्याएपछि गोरखा,चितवन र तनहुँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउँदै आएका छन् । अस्पतालमा एक जना एमडिजिपी,दुई जना मेडिकल अधिकृत र स्वास्थ्यकर्मीले बिरामीलाई सेवा दिदै आएका छन् । 
    गाउँपालिका कार्यालयले भरतपुर आँखा अस्पतालसंग सम्झौता गरी चैत्रदेखि आँखा उपचार सेवा प्रवाह गर्न लागेको अध्यक्ष चुमानले जानकारी दिए । 
    उक्त सेवाका लागि भरतपुर आँखा अस्पतालले दुई जना र एक जना गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाह गर्न लागेको उनले बताए । गाउँपालिका कार्यालयले बार्षिक रु.६ लाख दिने र टिकट दस्तुरबाट संकलन भएको रकमको २० प्रतिशत गाउँपालिकालाई फिर्ता गर्ने सहमति भएको  छ । 
    गाउँपालिका आसपास क्षेत्रमा आँखा उपचारका लागि दुई वटा कोठा उपलव्ध गराउनुपर्ने सहमति भएको सो गाउँपालिका कार्यालयले जनाएको  छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार