जनचाहना न्युज
तनहुँ ११ फागुन
पराशर कलेजद्वारा बिहीबार दमौलीमा आयोजित अन्तर मावि हाजिरी जवाफ प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालयका विद्यार्थी प्रथम भएका छन् ।
प्रतियोगितामा सहभागि चौध विद्यालयलाई पछि पार्दै व्यास– २ स्थित सत्यवतीका विद्यार्थीले प्रथम पुरस्कारको उपाधि पाएका हो । त्यसैगरी व्यास– १३ को जनजागृति मावि द्वितीय र भानु नगरपालिका–१३ को सरस्वती सदन मावि तृतीय भएको छ ।
उनीहरुले क्रमश ः रु.आठ हजार,पाँच हजार र रु.तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको पराशर कलेजका प्रिन्सिपल अमृत भण्डारीले जानकारी दिए । यस्ता प्रतियोगिताले प्रश्नको स्वभाव र प्रकृति, बुझ्ने, चाँडै उत्तर दिन सक्ने क्षमतालाई विकास गर्नेहुँदा विद्यार्थीको क्षमता विकासमा मद्धत पुग्ने विश्वास उनले व्यक्त गरे । विद्यालयले सामाजिक उत्तर दायित्व निभाउन पर्छ भन्ने सन्देश प्रवाह गर्नको लागि प्रतियोगिता गरिएको क्याम्पस तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्कलेले जानकारी दिए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij