Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पराशर कलेजको नवौ वार्षिक साधरण सभा ः जिल्लामै उत्कृष्ट नजिता ल्याउन पहल गर्नुपर्नेमा जोड 

  • 206
    SHARES
  • 206 Shares
  • जनचाहना न्युज 
    दमौली, १३ फागुन
    व्यास नगरपालिका–४ स्थित बागबजार स्थित पराशर कलेजको नवौं वार्षिक साधरण सभा शनिबारबाट दमौलीमा शुरु भएको छ । सभाको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरे । सो अवसरमा समन्वय प्रमुख वाग्लले पराशर कलेजले उत्कृष्ट नतिजा ल्याएर तनहुँ र यस आसपाससँग जोडिएका जिल्लाका विद्यार्थीको रोजाईको केन्द्र बनेको बताए । साथै वाग्ले तत्कालिन शिक्षा मन्त्री गोविन्दराज जोशीको मद्धतले गर्दा कलेज स्थापना गर्न सकिएको भन्दै उनले योगदान भुल्न नहुने बताए । कार्यक्रममा पूर्व डिन तथा प्रा.डा.कृष्णप्रसाद गौतमले शैक्षिक योगदान दिने प्रमुख उद्धेश्यले कलेज स्थापना गरिएको रोजगार मुलक नयाँ शैक्षिक शैक्षिक कार्यक्रमहरु विद्यालयले सञ्चालन गर्नु पर्ने बताए । गुणस्तरीय शिक्षा प्रदान गर्दै अभिभावको चाहाना अनुसारको शिक्षा प्रदान गरिनु जरुरी रहेको प्रा.डा. गौतमले बताए । 
    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख अमृत भण्डारीले क्याम्पसको प्रगति प्रतिवेदन पेश गरेका थिए । क्याम्पस प्रमुख भण्डारी कलेजले विज्ञान लगायतका अन्य विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल हुने मात्र नभई पराशर माध्यामिक विद्यालय समेत उत्कृष्ट नजिता ल्याएको जानकारी दिए । एइइ नतिजामा सारा अधिकारीले ३.९५ प्रतिशत अंक प्राप्त गरी तनहुँ जिल्ला प्रथम हुन हुन सफल भएको बताए । कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख मिनबहादुर कुँवरले गरेका थिए ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार