Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिका–१० मा ब्राह्मण समाज नेपाल गठन

  • 291
    SHARES
  • 291 Shares
  • दमौली १३ फागुन 
    ब्राह्मण समाज नेपालले आफ्नो संगठन विस्तार गर्ने क्रममा ब्यास नगरपालिकाको वडा नम्बर १० मा वडा कार्य समिति गठन गरेको छ । ब्राह्मण समाज नेपाल वडा अधिवेशन संयोजक ऋषिराम ढुंगानाको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो । कार्यक्रम ब्राह्मण समाज नेपाल केन्द्रीय सम्पादन समिति सदस्य डा। लक्ष्मीकान्त चापागाईको प्रमुख आथित्यतामा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ब्राह्मण समाज नेपाल केन्द्रीय सदस्य उपेन्द्र लम्साल, तनहुँ जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, व्यास १० वडा अध्यक्ष खेमराज पोखरेल, निवर्तमान वडा अध्यक्ष तुलसीराम सापकोटा, वडा सदस्यहरु यज्ञप्रसाद शर्मा, ईश्वर पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला सल्लाहकार प्रियनाथ पौडेल, सहसचिव मदन प्रसाद पण्डित, जिल्ला सदस्यहरु गौ कुमारी न्यौपाने, लक्ष्मी खनाल लगायतको उपस्थिति रहेको थियो। 
     कार्यक्रमको समुद्घाटन पश्चात प्रमुख अतिथि चापागाईंले ब्राह्मणहरुले आफ्ना बानी, व्यवहार, आचरण लाई शुद्धीकरण गर्दै संगठित भएर लाग्नुपर्ने अवस्था आएकाले सबैलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेका थिए । राज्यले ब्राह्मणहरूलाई सकाएर जातिगत झुण्डहरु सिर्जना गर्न खोजेको भन्दै यस्ता कार्यहरु रोक्नका लागि ब्राह्मण समाज नेपाल स्थापना भएको समेत चापागाईको भनाइ थियो। 
    केन्द्रीय सदस्य उपेन्द्र लम्सालले शिक्षाले मात्रै व्यक्तिमा परिवर्तन नआउने भन्दै धर्म, संस्कृति, संस्कार र शिक्षाको संयोजनले मात्रै व्यक्तिहरूको विकास हुने भएकाले चारओटै कुराहरुलाई एकैसाथ लानका लागि सबैमा आग्रह गरेका थिए। जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डेले राज्यले ब्राह्मणलाई अन्यमा राख्ने हर्कत गरेकाले अब ब्राह्मणहरू पनि एकजुट भएर आफ्नो पहिचान खोज्नु पर्ने बेला आएको भन्दै संगठन विस्तार गरी आफ्ना हकअधिकारका लागि आफै अगाडि बढ्नका लागि सबैमा ग्रह गरेका थिए। 
    अधिवेशनले वडा नम्बर १० को कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ब्राह्मण समाज नेपाल व्यास १० कार्यसमितिको अध्यक्षमा भूमिलाल ढकाल रहेका छन् । त्यसैगरी उपाध्यक्षमा प्रजापति सापकोटा, सचिवमा दिननाथ पौडेल, कोषाध्यक्षमा अम्बिका ढुङ्गाना, सहसचिवमा सूर्यप्रसाद आचार्य, सदस्यहरु तुलसीराम सुबेदी, वसन्तराज होती, देवी प्रसाद भुसाल, कृष्णप्रसाद पौडेल ९सेवर०, कृष्णप्रसाद पौडेल ९दुम्सी०, गौरीकान्त शर्मा र भिम प्रसाद ढकाल रहेका छन् । त्यसैगरी नगर प्रतिनिधिहरुमा ऋषिराम ढुंगाना, विष्णु प्रसाद नेपाल, रूकादेवी घिमिरे, दयाराम शर्मा र बिष्णु प्रसाद अधिकारी सर्वसम्मत चयन भएका छन् । उक्त भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ,  जसअनुसार तुलसीराम सापकोटा, प्रेमराज मिश्र, केशवराज आचार्य, हरिभक्त अधिकारी र रामचन्द्र अधिकारी रहेको निर्वाचन समितिका संयोजक यज्ञप्रसाद शर्माले जानकारी दिएका छन्। 
    अधिवेशन सम्पन्न गर्न यज्ञप्रसाद शर्माको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन सहजीकरण समिति गठन भएको थियो ।  जसमा जिल्ला सदस्य लक्ष्मी घिमिरे र श्रीकृष्ण आचार्य सदस्य रहेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार