जनचाहना न्युज
तनहुँ १३ फागुन
नेपाल शिक्षक महासंघ तनहुँको आयोजनामा शनिबार नेपाल शिक्षक संघ तनहुँको जिल्ला अध्यक्ष पदका लागि सर्वसम्बत गराउने बिषयमा प्रयासमा छलफल भएको छ ।
महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल (आरसी) को पहलमा सहमति जुटाउन व्यापक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
संघको आसन्न ९ औ जिल्ला अधिवेशन फागुन २० गते उम्मेदवारी दर्ता र २४ गते सर्वसम्वत नभए निर्वाचनमा जाने योजना रहेको छ ।
यसरी अध्यक्ष पदका आंकक्षीमा रोहिणीराज पौडेल,ज्ञानेन्द्र न्यौपाने,भरत काफ्ले,चन्द्रमणि कोइराला,रमेशबाबु भट्टराई,ओझराज बगाले,उपेन्द्र बिष्ट,नरेन्द्र न्यौपाने,रसमाया गुरुङ्ग र पदम खनाल रहेका छन् ।
जिल्ला अध्यक्ष पदमा आंकाक्षी दश जना देखिएपछि छलफल गरी सर्वसम्बत नेतृत्व चयनको प्रयास गरिएको पोखरेलले जानकारी दिए । संघको उदघाटन तथा उम्मेद्वारी फागुन २० गते रहेको छ भने २४ गते सर्वसम्वत नभए निर्वाचन प्रक्रियामा जाने उनले बताए ।
पहिलो चरणमा गरिएको छलफल कार्यक्रम सम्पन्न भएकोले यसले सर्वसम्वत नेतृत्व चयनमा सहयोग पुग्ने बिश्वास गरिएको उनले बताए ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij