Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेकाँ व्यासनगर सभापतिका उम्मेद्वार अधिकारीले आदिकवि क्याम्पसलाई सरकारी बनाउन प्रधानमन्त्री समक्ष माग गर्ने उद्घोष

  • 381
    SHARES
  • 381 Shares
  • नेपाली काँग्रेसको व्यास नगर सभापतिमा उम्मेद्वारी घोषण गरेका डम्बरबहादुर अधिकारीले आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी बनाउने योजना अघि सारेका छन् ।  अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माग राख्ने बताएका छन् । अधिकारीले फेसबुकमा लेखेका छन् नगर सभापतिको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री समक्ष तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पस र देशका अन्य सामुदायिक क्याम्पसहरुलाई सरकारी करण गर्नु पर्छ माग राखि ध्यानाकर्षण गराउछु । अधिकारीको यस भनाईलाई धेरैले प्रशंसा गरेका छन् । नविन खनालले डढेलधुरामा देउवाले त्रिविको सरकारी कलेज खोले तर जिल्लामा सरकारी कलेज नहुनु दुर्भाग्य हो । घर खेत बेचेर प्रोफेसर हुने, रिसर्च गर्ने, धेरै विषय सर्वसुलभ पढ्न पाइने अवसर हुन्थ्यो भनेर प्रतिक्रिया दिएका छन् । सो क्याम्पस सञ्चालक समितिका अध्यक्ष बह्मादक्त तिमिल्सिनाले राम्रो कुरा उठान गरेको प्रतिक्रिया दिएका छन् । शिक्षक लोकराज सेढाईले अति राम्रो विचार भनेर प्रतिक्रिया दिएका छन् । सो क्याम्पसका पूर्व स्ववियू सभापति टिकाराम दाहालले यो कुरा १५ वर्ष अघि निकालेको उल्लेख गर्दै त्यतिबेला आफू एक्लै भएको र हाल डम्बरजीले उठाउनु भएकोमा बधाई तथा मेरो पनि सहमत छ भनेका छन् ।

    अधिकारीले सबैभन्दा पहिले उम्मेद्वारी घोषणा गरेका थिए । उनले नगरपालकाका १४ वटै वडामा व्यवस्थित ढंगले आफ्नै भवनमा पार्टी कार्यालय सञ्चालन गर्ने, संगठन सुदृढीकरणको लागि प्रत्येक वडामा प्रशिक्षण कार्यक्रम र आपत विपतमा परेका कार्यकतालाई सहयोगको लागि कोष स्थापना गर्ने, आगमी निर्वाचनमा स्थानीय तहमा प्रमुख, उपप्रमुख सहित १४ वटै पाटीका उम्मेद्वारलाई भारी मतले विजय गराउन तथा प्रदेश तथा केन्द्र तहको निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रहलाई सम्मान गर्दै राजनीतिमा युवा सहभागितालाई बढाउन उम्मेद्वारी दिएको अधिकारीले प्रतिबद्धता जनाएका छन् ।

     अधिकारी नगरको सहसचिव हुन् । उनी १० वर्षको उमेरमा २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए । बाल्यकालमा अध्ययन गर्दा देखी अधिकारीको काँग्रेस प्रति झुकाप रहेको थियो । व्यास नगरपालिका १ स्थित जलदेवी माध्यामिक विद्यालयको नेविसंघको सदस्य तथा निर्मल माध्यामिक विद्यालयको इकाई सभापति भएका थिए ।  उच्च शिक्षा अध्ययन गर्ने क्रममा पृथ्वीनारायण  क्याम्पसमा नेविसंघको इकाईको सदस्य भएका थिए । उनी राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा राजधानीमा आयोजित विरोध कार्यक्रममा सहभागी हुँदा प्रहरीद्धारा गिरफ्तारी मा परेका थिए । प्रेस स्वतन्त्रताको आन्दोलनमा निरन्तर सहभागिता जनाएका अधिकारी नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार