जनचाहना न्युज
तनहुँ १४ फागुन
फाइल तस्बीर
गोरखा घर भई हाल तनहुँमा बसोबास गर्दै आएका गोरखालीहरुको छाता संगठन गोरखाली समाजको छैटौं अधिवेशन आगामी चैत्र ११ गते हुने भएको छ । संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । संस्थाले हालै खरीद गरेको जग्गा व्यास–१३ आशापानीमा उक्त अधिवेशन गर्ने निर्णय भएको संस्थाका सचिव एस.बि.नेपालीले जानकारी दिए । संस्थाको कोषमा रहेको रकम जग्गा खरीदमा खर्च गरिएकोले कोष शुन्य अवस्थामा रहेकाले अधिवेशन सम्पन्न गर्नका लागि प्रतिव्यक्ति रु.एक हजार र एकाघरका दुई जना सहभागि हुँदा रु.एक हजार पाँच सयका दरले अर्थ संकलन गर्ने निर्णय समेत भएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij