Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको ढोरबाराही,छाब्दी र अकला मन्दिरमा पुजा अर्चनाको लागि ढोका खुला !

  • 241
    SHARES
  • 241 Shares
  • भक्तजनहरुको आस्थाको केन्द्र मानिने तनहुँको ढोरबाराही,छाब्दी र अकला मन्दिरहरुमा पुजाअर्चनाको लागि ढोका खुला गरिएको छ । कोरोनाको प्रभाव समाजमा रहिरहेपनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भक्तजनहरुको लागि पुजा गर्ने व्यवस्था गरिएको हो ।
    अकला पुजारीको प्रत्यक्ष संलग्न बिना पुजाअर्चना ः 
    म्याग्दे गाउँपालिका–६ पृथ्वीराजमार्ग संगै जोडिएर रहेको अकला मन्दिरमा पुजारीको प्रत्यक्ष संलग्न बिना पूजाअर्चनाको लागि खुला  गरिएको छ । कोभिड–१९ को संक्रमण संख्यामा कमी नआएका कारण जिल्ला प्रशासन कार्यालय तनहुँले भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी गरेपनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पुजा गर्न खुला गरिएको हो । निषेधाज्ञाको समयमा नित्य पुजा गरिदै आएपनि भक्तजनहरुको समस्यालाई मध्यनजर गर्दै हालै ढोका खुला गरिएको आफ्नो इच्छाले मन्दिरमा पसेर पुजा गर्ने व्यवस्था मिलाइएको अकला मन्दिर संरक्षण समितिका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । भक्तजनहरुलाई पालैपालो पुजा गर्न जाने व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो । कुनै भक्तजनको भाकल भएमा बाहिर झ्यालबाट पुजारीले बक्सने कार्यको प्रवन्ध मिलाइएको छ । कुनै भक्तजनहरुको बलि चढाउनुपर्ने अवस्थामा आएमा काट्ने व्यवस्था मिलाइएको र पुजारीले छोएर टीका लगाउने कार्य बन्द गरिएको उहाँले बताउनुभयो । मन्दिरमा अहिले शनिबारको दिनका ५० देखि ६० जनासम्म र अन्य दिनमा २० देखि ३० जना भक्तजनहरु आउने गरेको मन्दिरका पुजारी ऋषिराम वाग्लेले बताउनुभयो । चाडपर्व नजिकिदै गएकोले मठमन्दिरहरुमा गएर पुजा गर्न बञ्चित हुनुपर्ने अवस्था आएकोले सुरक्षित रहेर पुजा गर्न खुला गरिएको हो ।  त्यसैगरी जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा अवस्थित ढोरबाराही मन्दिरमा पुजाअर्चनाको लागि खुला गरिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्डलाई प्राथामिकतामा राखि मन्दिर खुला गरिएको वडाध्यक्ष लोकनारायण श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी व्यासनगरपालिका–१४ स्थित छाब्दी बाराही मन्दिरमा पुजाअर्जनाको लागि मन्दिर खुला गरिएको छ । बिहान ७ देखि दिउँसो १ बजेसम्म पुजाको व्यवस्था मिलाइएको मन्दिरका पुजारी कृष्ण बहादुर आलेले जानकारी दिनुभयो । दिनमा ५० देखि ६० जनासम्म भक्तजनहरु आउने गरेपनि शनिबारका दिन अझ बढी भीड हुने गरेको उहाँले बताउनुभयो । कोरोनाको प्रभाव समाजमा कायम नै रहेकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पालैपालो जाने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार