जनचाहना न्युज
तनहुँ १६ फागुन
जिल्ला खेलकूद विकास समिति तनहुँले आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता २०७९ को उपाधी व्यास नगरपालिकाले हात पारेको छ । तीन बर्षसम्म लगातार प्रथम भएर शिल्ड सधैका लागि आफ्नो बनाउन सफल भएको हो ।
प्रतियोगितामा सहभागि भएका जिल्लाका दश पालिकामध्ये नौ पालिकालाई पछि पादै व्यास नगरपालिकाले उक्त उपाधी हात पार्न सफल भएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । व्यासले एघार स्वर्ण,छ रजत र चार कास्य जीत हासिल गरेसंगै उक्त उपाधी हात पारेको हो ।
उक्त एघार वटा स्वर्ण मध्ये सत्यवती माविले मात्रै आठ वटा स्वर्ण बिजयी गरेका कारण व्यास नगरपालिकाले शिल्ड आफ्नो बनाउन सफल भएको सत्यवती माविका सहायक प्रधानाध्यापक अशोक गिरीले जानकारी दिए ।
तीन वटा स्वर्ण व्यासका भानु मावि,माहिन्द्री माविले जिताएका थिए । व्यास नगरपालिकाबाट सहभागि भएका विद्यालयतर्फ सत्यवती प्रथम भएको छ ।
गुणस्तर तथा प्रविधि शिक्षामा ख्याति प्राप्त गर्दै आएको यस बिद्यालयले खेलकूद क्षेत्रमा पनि उत्कृष्ट स्थान हासिल गर्न सक्षम भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेले जानकारी दिए । त्यसैगरी भानु नगरपालिकाले छ स्वर्ण,चार रजत र चार कास्य प्राप्त गरी द्वितीय भएको छ । त्यसैगरी भीमाद नगरपालिकाले चार स्वर्ण,चार रजत र चार कास्य प्राप्त गरी तृतीय स्थान भएको छ ।
त्यसैगरी जिल्लाको आँबुखैरेनी,ऋषिङ्ग र देवघाट गाउँपालिकाले एउटा पनि स्वर्ण हात पार्न नसकेको बताइएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij