Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

के तपाई कम्प्युर सिक्दै हुनुहुन्छ ? कम्प्युटरको जुनसुकै कोर्ष सिक्दा पनि अनुदानको व्यवस्था

  • 384
    SHARES
  • 384 Shares
  • कम्प्युटर सिक्नेहरुका लागि सुनौलो अवसरको व्यवस्था गरिएको छ । दमौलीबाट प्रकाशित तनहुँ तरङ्ग साप्ताहिक पत्रिकाका संञ्चालक सुरेश सुनारले कम्प्युटरको जुनसुकै कोष सिक्न चाहने विद्यार्थीको लागि अनुदान दिने घोषण गर्नुभएको छ । 
    उहाँका अनुसार प्रति व्यक्ति तीन हजार पाँच सयका दरले अनुदान दिने घोषणा गर्नुभएको हो । तनहुँ तरङ्ग पत्रिकाको तर्फवाट १० जना र स्वतन्त्र पत्रकार संघ तनहुँको तर्फबाट १५ जना गरी जम्मा २५ जना विद्याथीका लागि करिब रु.साढे सतासी हजार बराबरको  अनुदान उपलब्ध गराएको सुनारले बताउनुभयो । व्यासनगरपालिका–२ मालपोत लाइनमा रहेको ममता कम्प्युटर इष्टिच्युटमा कम्प्युटर सिक्ने एसइई तथा +२ दिएर बसेका विद्यार्थीले कम्प्युटर संम्बन्धि तालिमको जुन सुकै कोर्ष गर्दापनि  प्रति व्यक्ति रु.तीन हजार पाँच सयका दरले अनुदानको व्यवस्था गरिएको छ । कम्प्युटर शिक्षण संस्थामा लाग्ने शुल्क मध्ये उक्त रकम अनुदान दिइएको बताइएको छ । कम्प्युर कोर्षमा दलित, जेहेन्दार, महिला, अपाङ्ग विद्यार्थीलाई बिशेष प्राथामिकता दिइएको छ  ती मध्ये पनि अति बिपन्न बर्गका  तीन जनालाई ८०%  सम्म व्यक्तिगत भुक्तानी गरि दिने पत्रिका संञ्चालक सुनारले जनाएका छन् ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार