अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध असोज १ गते दमौलीमा बिशाल मोटरसाइकल र्याली प्रर्दशन गरिने भएको छ । राष्ट्रप्रेमी नेपाली युवा समुहले बुधबार पत्रकार सम्मेलन गरी असोज १ गते दिउँसो ४ बजे मोटर साईकल ¥याली सहितको बिरोध सभा गर्ने दमौलीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । युवा समुहका मित्र दुराले नेपालको संविधानमाथी नै नियन्त्रण गर्ने किसिमका प्रावधान भएकोले एमसीसीको खारेजी गर्नुपर्ने बताउनुभयो । तेस्रो विश्व युद्धको तयारीको लागि एमसीसी नेपालमा ल्याउन लागिएको उनको भनाई थियो । ४०० भन्दा धेरै मोटरसाईकल सहभागी हुने आयोजकले जनाएको छ । राष्ट्रिय स्वाधिनता रक्षा गर्न एमसीसीको खारेजी गर्नुपर्ने भएकोले दबाब दिन विरोध कार्यक्रममा सहभागी भएर ऐक्यवद्धता जनाउन दुराले आग्रह गनुभयो । सुरक्षा खतरा हुने भएकोले चीनले प्रतिकार गर्ने क्रममा नेपाल रणभूमी बन्ने दुराको भनाई थियो । नेपाली आमाले दिएको अमूल्य बरदान हुँदाहुदै पनि भिख मागेर खाने प्रवृत्तिको हाबी हुदै गएको उहाँले बताउनुभयो । एमसीसी लगानी भएको र अनुदान नभएकोले चीनको सैन्य घेराबन्दीमा गरिने रणनीति भएकोले समग्र सच्चा नेपालीहरु एकजुट भएर एमसीसीको बिरुद्दमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । एमसीसी पास गर्नु भनेको नेपाली भूमिमा अड्डा कमाएर बस्नु हो । उहाँले भन्नुभयो ‘सियो बनेर पस्ने र हात्ती बनेर निस्कने षड्यन्त्र भैरहेको छ ।’ कुनै पनि हालतमा एमसीसी स्वीकार हुन सक्दैन् । उहाँले भन्नुभयो ‘विकास र राष्ट्रियता प्रति देशका नेताहरु अडिक बन्न नसक्दा नेपाल आमा माथि बलात्कार गर्ने प्रयास भैरहेको आभास गरिएको छ ।’
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij