जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार पाँच प्रतिबादीलाई पक्राउ गरेको छ । सवारी ज्यान,सामाजिक अपराध, सम्बन्ध बिच्छेद लगायतका पाँच प्रतिबादीलाई पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा आँबुखैरेनी गाउँपालिका–४ भाँगेका २८ बर्षीय चन्द्रसिहं मगरलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतको विसं ०७५ असोज १७ गते फैसलाले एघार महिना ७ दिन कैद र रु.चार हजार जरिवाना तोकेपछि निज फरार रहदै आएको प्रहरीले जनाएको छ । त्यसैगरी सवारी ज्यान मुद्दामा फरार हुदै आएका शुक्लागण्डकी नगरपालिका–८ दुलेगौडा निवासी ३१ बर्षीय सुक बहादुर दमैलाई पक्राउ गरेको छ । अदालतको बिसं ०७८ बैशाख ५ गतेको फैसलाबाट निजलाई दुई बर्ष दश महिना ९ दिन कैद तोकेको छ । त्यसैगरी सामाजिक अपराध मुद्दामा फरार हुदै आएका गोरखा पालुङटार नगरपालिका–७ बिरुवाटार निवासी ३९ बर्षीय बिशाल जंग शाही भन्ने जुन नारायण बिश्वकर्मालाई पक्राउ गरेको छ । अदालतको बिसं ०७७ फागुन २६ गतेको फैसलाले निजलाई एक महिना कैद र दुई हजार दुई सय जरिवाना तोकेपछि निज फरार हुदै आएका थिए । त्यसैगरी सवारी ज्यान मुद्दामा फरार रहेका एक र सम्बन्ध बिच्छेद मुद्दामा फरार एक जना व्यक्तीहरुलाई समेत पक्राउ गरी तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराईएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij