जनचाहना न्युज
दमौली २६ चैत्र
व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा आइतबार बार्षिक नतिजा प्रकाशन तथा पुरस्कार बितरण एवं अभिभावक भेला सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठ रहेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा भौतिक संरचना अभाव देखिएको बताए । प्रविधि र गुणस्तर शिक्षामा फड्को मार्दै अघि बढेको यस विद्यालयको भैतिक संरचना निर्माणका लागि जग्गा आवश्यक देखिएकोले संम्बन्धित निकायबाट पहलकदमी गर्नुपर्ने देखिएको बताए ।

वडासदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश वाग्लले छोराछोरीको पढाईमा अभिभावकले ध्यान दिन सके गुणस्तर शिक्षाको साथै राम्रो अंक ल्याएर पास हुन प्रेरणा मिल्ने बताए ।
विद्यालयमा पढाएकाले मात्रै विद्यार्थीको पढाई पुरा नहुने हुँदा बिहान र बेलुकाको समयमा आफ्ना छोराछोरीको पढाईका बिषयमा चासो राख्नुपर्ने बताए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रधानाध्यापक एकबहादुर गुरुङ्ग,अभिभावक शिक्षक संघका अध्यक्ष सोमराज सिग्देल,सहायक प्रअ अशोक गिरी लगायतका वक्ताहरुले वर्तमान विद्यालयको शैक्षिक अवस्थाका बारेमा चर्चा गरेका थिए ।

सर्वोत्कृष्ट विद्यार्थी पुरस्कृत
त्यसैगरी विद्यालयले पटक पटक लिएको परीक्षाको अन्तिम नतिजामा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार सहित पुरस्कृत गरिएको छ । परीक्षामा प्रथम,द्धितीय र तृतीय हुने बिद्यार्थीलाई टीका लगाएर पुरस्कार प्रदान गरेको हो । करिब तीन हजारको हाराहारीमा विद्यार्थी रहेको यस विद्यालयमा छात्रको तुलनामा छात्राहरु शिक्षामा अब्बल बन्दै गएका छन् ।
कुसुण्डा पुरस्कृत

त्यसैगरी नेपालमा एक मात्र सक्कली लोपोन्मुख सिमान्त कुसुण्डालाई पुरस्कृत गरिएको छ । कक्षा ७ डि सेक्सनमा अध्ययनरत कुसुण्डाले राम्रो अंक ल्याएर उत्तिर्ण भई कक्षा ८ मा पुगेकी छिन् । विद्यालयका प्रधानाध्यक एकबहादुर गुरुङ्ग,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण काफ्ले लगायतका अतिथीहरुले पुरस्कार प्रदान गरी पुरस्कृत गरेका हुन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij