Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यास नगरपालिका–१ चारकुनेका आमाहरु धुपखोलाको कुवा सरसफाई गर्दै

  • 348
    SHARES
  • 348 Shares
  • जनचाहना न्युज
    तनहुँ २ बैशाख 
    तनहुँको व्यास नगरपालिका–१ चारकुने स्थित नब सृर्जना महिला समुहका पदाधिकारीहरुले शनिबार सोही टोल स्थित धुपखोलामा रहेको कुवा सरसफाई गरेका छन्। गतबर्षको परेको अबिरल बर्षाले उक्त कुवा पुरेर जीर्ण बनाएपछि व्यास नगरपालिकाको आर्थिक सहयोगमा मर्मतसंम्भार गरेपछि सरसफाई गरिएको हो । कुवाभरी गेग्राङ्ग र माटोले पुरेपछि डोजरको सहायताले हटाएपनि सफासुग्घर नभएकोले सफाई गरिएको नबसृजना महिला समुहकी अध्यक्ष शान्ता खवासले जानकारी दिनुभयो । 

    safai.jpg
    व्यास नगरपालिका कार्यालयले रु.पचास हजार बजेट छुट्टाएपछि समुहका पदाधिकारीहरुले जनश्रमदान गरी खोलातर्फ वाल लगाएर कुवा संरक्षण गरिएको उहाँले बताउनुभयो । 
    वाल लगाउने मिस्त्रीसंगै दैनिक तीन दिन खटेर महिलाहरुले काम गरेका थिए । ढुङ्गा पुग्न दिने,बालुवा बोक्ने र बालुवा र सिमेन्टको मसला बनाउने लगायतका कार्यमा सहयोग गरिएको समुहकी सचिव गीता राईले जानकारी दिनुभयो ।  
    उक्त चारकुने टोलमा हाल करिब पचपन्न घरधुरी मानिसहरु बसोबास गर्दै आएका छन् । घर घरमा पानीको पहुँच नहुँदा त्यसक्षेत्रका बासिन्दाले सोही कुवाको पानी प्रयोग गर्दै आएका थिए । 
    पानी चिसो र मीठो भएकोले गर्मीयाममा सदरमुकाम दमौली देखिका मानिसहरु उक्त कुवामा पानी लिन आउने गरेको चारकुने टोल विकास संस्थाका अध्यक्ष सुदीप पण्डितले  बतउनुभयो । 
    पुख्यौली सम्पदाको रुपमा रहेका पाटी,पौवा,चौतरा,कुवा संरक्षण सम्बद्र्धन कार्यलाई वडाले प्राथामिकता दिएर काम गर्दै आएको उहाँले बतउनुभयो । 
    कुवा छेउको बाटो हुदै हिड्ने बटुवाहरुले पनि उक्त कुवाको पानी सहज रुपमा प्रयोग गर्ने गरिएको बताइएको छ । सामाजिक उत्तरदायित्व तर्फ महिलाहरु उन्मुख बन्नु सकारात्मक पक्ष भएको व्यास नगरपालिका १ का वडासदस्य मणिजंग बस्नेतले बताउनुभयो । यस्ता कार्यले अन्य क्षेत्रका महिलाहरुमा थप उत्प्रेरण जगाउन सहयोग मिल्न सक्ने  उहाँले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार