Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

संञ्चार बिधेयक परिमार्जन हुन्छ ः योजना आयोगका उपाध्यक्ष डा.काफ्ले

  • 262
    SHARES
  • 262 Shares
  • गण्डकी प्रदेश सरकारका योजना आयोगका उपाध्यक्ष रघुराज काफ्लेले प्रेसमा अंकुश लगाउने गरी आलोचित भएको सञ्चार विधेयक परिमार्जन हुने बताउनुभएको छ । शेयरकास्टको आयोजना तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संयोजनमा तनहुँको बन्दिपुरमा आयोजित संञ्चार प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारका एक उच्च अधिकारीले यस अघि नै सरकार प्रक्रियामा लागेकाले छलफल गरेर विधेयक परिमार्जन गर्ने योजना रहेको बताउनुभयो । 
    लोकतन्त्रका लागि लडेका मुख्यमन्त्रीले यसलाई संकुचित गर्ने गरी विधेयक पारित नगर्ने उहाँले दाबी गर्नुभयो  । मुख्यमंत्री चाहेर पनि सञ्चार क्षेत्रलाई अंकुश लगाउन मिल्दैन । ‘ उहाँले भन्नुभयो यसलाई परिमार्जन गर्ने पक्षमा उहाँ हुनुहुन्छ,  प्रेसलाई अंकुश गर्ने कुनै उद्देश्य सरकारको नभएको उहाँले बताउनुभयो । संञ्चार प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार हरिबहादुर थापा र शेयरकास्टका निर्देशक भूमि चापागाईले स्थानीय सरकारले चार बर्षको अवधिमा गरेका उपलव्धि र क्रियाकलापका बारेमा कसरी रिर्पोटिङ गर्ने भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो । शनिबार र आइतबार गरी दुई दिन उक्त प्रशिक्षण कार्यक्रम तय गरिएको छ । उक्त तालिममा जिल्लाका करिब तीस जना पत्रकारहरु सहभागि भएका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार