Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँको आदिकवि भानुभक्त क्याम्पसलाई पुन ः क्यूएए मान्यता प्राप्त ,क्यूएए प्राप्त गर्दा के के हुन्छ फाइदा  ?

  • 254
    SHARES
  • 254 Shares
  • जनचाहना न्युज
    तनहुँ १४ वैशाख 
    व्यास नगरपालिका–१ बिज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसले गुणस्तर सुनिश्चितता तथा क्वालिटी एसुरेन्स एण्ड एग्रीडिटेशन (क्यूएए) मान्यता प्राप्त गरेको छ । 
    बिश्व विद्यालय अनुदान आयोगको निर्णय अनुरुप क्याम्पसले दोस्रो बर्ष पनि पुन ः क्यूएए पाएसंगै अन्तराष्ट्रियस्तरको मान्यतामा सूचीकृत हुन सफल भएको छ । 
    विश्वबिद्यालय अनुदान आयोग गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्यूएए प्रक्रियामा सहभागि भई सबै चरण पार गरी शैक्षिकगुणस्तर सुनिश्तिता तथा प्रत्यायन परिषदको सिफारिसमा क्याम्पसले मान्यता पाएको हो । 
    शुरुमा आयोगमा हामी क्यूएए मान्यता प्राप्तको लागि काम गर्छौ भनि निवेदन दिएपछि आयोगमा प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था रहेको क्याम्पस प्रमुख महाप्रसाद हडखलेले जानकारी दिनुभयो । 
    आयोगमा प्रतिवेदन बुझाएपछि स्थलगत अध्ययनका लागि समकक्ष अध्ययन टोलीले क्याम्पसको दुई चरणमा अध्ययन गर्नेछ । 
    पहिलो चरणमा पूर्व तयारी अध्ययन भ्रमण पश्चात समकक्षी अध्ययन गरेपछि बिज्ञ टोलीले आयोगमा प्रतिवेदन बुझाएपछि आयोगले मुल्याङकन गरी क्यूएए दिने नदिने उसको मातहतमा रहनेछ । 
    शैक्षिक,भौतिक तथा प्रशासनिक क्षेत्रमा उत्कृष्ट लगायतका कार्यको  मूल्याङकनको आधारमा उक्त मान्यता पाइने व्यवस्था रहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । 
    करिब तीन हजार विद्यार्थी अध्ययनरत यस क्याम्पसमा विद्यालय तहदेखि स्नाकोत्तर तहसम्म पढाई हुदै आएको छ । 
    देशभरका ७७ वटा क्याम्पसले क्यूएए पाएको छ । नेपाल सरकारको आंगिक क्याम्समध्ये चार वटाले मात्रै पाएको अन्य सामुदायिक क्याम्पसले पाएको छ । तनहुँमा दश वटा सामुदायिक अन्य पाँच वटा नीजि क्याम्पस रहेका छन् ।  सरकारी आंगिक यस क्याम्पसले दोस्रो पटक पनि क्यूएए पाउनेमा तनहुँको एकमात्र क्याम्पस आदिकवि भानुभक्त हो । उक्त क्यूएएपाएको पाँचसम्म यसको म्याद हुने भएको पुन पाउनको लागि प्रक्रियामा जानुपर्ने हुन्छ । 
    क्यूएए मान्यता पाउँदा के फाइदा हुन्छ ?
    विश्वविद्यालय प्राविधिक धारको बिषय संचालन गर्नको लागि यस क्याम्पसले क्षमता राखेको छ । पूर्वाधार विकास र गुणस्तरको विकासका कार्यक्रमका लागि आर्थिक अनुदान प्राप्त गर्न सकिने,अन्तराष्ट्रिय मान्यता भएकोले बाह्य मुलुकका क्याम्पससंग सहकार्य गरी अनुभव आदानप्रदान गर्न सकिने,रोजगारीमूलक शिक्षामा अध्ययन गर्न अवसर लिन पाइने क्याम्पस प्रमुख हडखलेले जानकारी दिनुभयो ।  

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार