गोरखा, १९ बैशाख
गोरखाको भीमसेन थापा गाउँपालिका–६, अश्राङमा रहेको श्री नवजागृति चण्डी माध्यामिक बिद्यालयमा कम्युटर इन्जिनियरिङ्ग बिषयको पठनपाठन सुरु हुने भएको छ । गाउँपालिकाको बिशेष पहलमा नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय शिक्षा तथा मानव स्रोत बिकास केन्द्रले बिद्यालयलाई प्राविधिकधार सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।
शैक्षिक क्षेत्रको स्तरोन्नतिसंगै प्राबिधिक शिक्षाको बिकास मार्फत शिक्षालाई रोजगारमूलक बनाउने तर्फ जोडदिदैँ आएको गाउँपालिकाले पालिका भित्रका बिद्यालयमा पहिलो पटक कम्युटर इन्जिनियरिङ्ग बिषयको अध्यापन अनुमति लिन सफल भएको हो । बिद्यालयले अध्यापन अनुमति पाएसंगै शैक्षिकसत्र २०८० देखि नै प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ सम्म कम्युटर इन्जिनियरिङ्गको पठनपाठन सुरु हुने गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।
२०७९ चैत २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट उक्त बिद्यालयलाई कम्युटर इन्जिनियरिङ्ग अध्यापनको अनुमति दिने निर्णय गरेको थियो । बिद्यालयमा कक्षा सञ्चालनका लागि अनुदान समेत सरकारले उपलब्ध गराउनेछ । यस अघि गतशैक्षिक सत्रदेखि नै गाउँपालिकाको वडा नम्बर ७ बोर्लाङ्ग स्थित सरस्वती माध्यामिक बिधालयमा तीन बर्षे डिप्पोमा इन सिभिल इन्जिनियरिङ्ग बिषयमा पठनपाठन सुरु भइसकेको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij