Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

जलदेवी माविको प्रधानाध्यापकमा सिग्देल

  • 277
    SHARES
  • 277 Shares
  • जनचाहना न्युज
    दमौली २१ बैशाख
    व्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा बिहीबार पिताम्बर सिग्देललाई नियुक्त गरिएको छ । विद्यालयका प्रधानाध्यापक दयाराम सेढाईले व्यक्तिगत कारण देखाई प्रअ पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सोही विद्यालयका मावि तृतीय श्रेणीका सहायक प्रअ सिग्देललाई नियुक्त गरेको हो । 

    jaldevi.jpg
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर बस्नेत,शिक्षक अभिभावक संघका अध्यक्ष मिनबहादुर चदारो,वडा प्रतिनिधी सुनिता सुनार,शिक्षक प्रतिनिधी ज्ञानेन्द्र जिसी लगायतको उपस्थिति रहेको थियो । विद्यालयका निवर्तमान प्रधानाध्यापक सेढाईले चार बर्ष चार महिना प्रअको कार्यभार सम्हाल्नुभएको सो विद्यालयले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार