जनचाहना न्युज
तनहुँ २८ बैशाख
सेल फर हयुमन भ्यालु एण्ड ट्रान्सफरमेशन लर्निङ्ग (सेक्रेट) दिल्लीको निमन्त्रणामा आँबुखैरेनीगाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीको शिक्षा सुधार कार्यक्रम अन्र्तगत पाँच दिने भ्रमण सम्पन्न भएको छ ।
यही बैशाख २२ गतेदेखि २६ गतेसम्म आँबुखैरेनी गाउँपालिकाका टोलीले दिल्लीका विभिन्न नमुना विद्यालयको भ्रमण सम्पन्न गरेको हो । आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा १९ जनाको भ्रमण टोलीले भारतको नयाँ दिल्ली स्थित नमुना विद्यालयकहरुको भ्रमण गरी फर्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।

नयाँ दिल्लीमा केजरिवालको सरकारले अभ्यास गरेका विभिन्न बिकासका मोडलहरु नजिकबाट अवलोकन गर्ने अवसर मिलेको उहाँले बताउनुभयो । बिशेष गरी उक्त स्थानमा शिक्षा क्षेत्रमा गरेको अभ्यासले निकै प्रभावित र भ्रमण उपलव्धिमूलक बनेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
विद्यार्थीलाइ विद्यालयस्तरको अध्ययन पुरा गरेपछि,उद्यमी बनाउन,उद्यमी सिकाई कक्ष,हरेक संकायमा प्रयोगशाला र प्रयोगात्मक सिकाइ,जिवन के हो ? मानव जिवनमा आइपर्ने अत्यन्त दु ः ख र सुखलाई कसरी व्यवस्थापन गर्ने भन्ने ह्याप्पीनेस पाठ्यक्रमबाट पाठ्यसामग्री प्रयोग गरि शिक्षण सिकाइ लगायतका अभ्यासले भ्रमण प्रभावकारी बनेको उहाँले जानकारी दिनुभयो । उक्त क्षेत्रमा देखेका सीपलाई यहाँको शैक्षिक सुधार कार्यक्रममा लागू गरेर अघि बढ्न थप प्रोत्साहन मिलेको अध्यक्ष चुमानले बताउनुभयो ।
यस भ्रमणमा पालिकाले सुरु गरेको विद्यालय रुपान्तरण अभियान र स्कूल अफ एक्सलेन्ट सेक्टर–२३,रोहिनी तथा स्कूल एक्सेलेन्ट सेक्टर–८,रोहिनीका प्रिन्सिपल तथा शिक्षकसंग अन्तरक्रियाबाट धेरै बिषयका ज्ञान लिने अवसर मिलेको छ । यस भ्रमणबाट सिकेका भौतिक,आर्थिक,शिक्षण सिकाई प्रयोगात्मक शिक्षण लगायतको बिषयलाई हालको अवस्थाको शिक्षामा रुपान्तरण गर्नका लागि पालिकाले एक किसिमको नयाँ अभ्यासको सुरु गर्ने लक्ष्य लिएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij