जनचाहना न्युज
तनहुँ ३१ बैशाख
ऋषिङ्ग गाउँपालिका–७ का २७ बर्षीय छत्रबहादुर आलेको इनार सफा गर्ने क्रममा मृत्यु भएपछि निजका छोरा बिमललाई निःशुल्क शिक्षा दिने विद्यालयले निर्णय गरिएको छ ।
ऋषिङ्ग गाउँपालिका–८ स्थित शिवसरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको हो ।
व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ्ग स्थित मानबहादुर आलेले संचालन गरेको सुमन सचित पोल्टी फार्ममा कार्यरत आलेको इनार सफा गर्ने क्रममा शनिबार राती मृत्यु भएको हो ।
कक्षा–२ मा अध्ययनरत एक मात्र छोरा बिमल आलेको अध्ययनको लागि विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्ने बिषयमा बैठकले सर्बसम्वत निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
बोरिङ्ग इनारमा सफा गर्न जाँदा अक्सिजनको अभावमा निसासिएर बेहोश भएका आलेको उपचारको लागि दमौली अस्पतालमा पु¥याउँदा मृत्यु भएको तनहुँका प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली सेनाको रेस्क्यू टोलीले ती युवकको उद्वारको लागि इनारभित्र पस्न लाग्दा अक्सिजनको मात्रा कमी भएपछि बैकल्पीक तरिकाबाट युवकको उद्वार गरिएको उहाँले बताउनुभयो ।
उद्वार टोलीले शनिबार करिब दुई घण्टा समय लगाएर राती एघार बजेको समयमा युवकको उद्वार गरी उपचारको लागि दमौली अस्पतालमा लगेपनि चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
मृतक आलेको शव आइतबार पोष्टमार्टम गरी आफन्तजनको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
त्यसैगरी विद्यालयको बैठकले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको लागि प्रयोगात्मक कार्य र व्यवसायिक प्रयोजनका लागि कुखुरा फार्म संचालन गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षा अध्ययनको लागि टाढाबाट आउने इच्छुक विद्यार्थीलाई विद्यालयमा छात्राबास संचालन गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij