Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

थापा दम्पत्तिद्वारा सिन्धुका बौद्धिक अपाङगता भएका ४१ जना बालबालिकालाई निःशुल्क भोजन

  • 231
    SHARES
  • 231 Shares
  • दमौली ३१, बैशाख
    तनहुँको व्यास नगरपालिका ५ सागे निबुवा खोला निवासी एक थापा दम्पत्तिले सिन्धु आधारभूत विद्यालयका बालबालिकाहरुलाई आइतबार निःशुल्क भोजन गराउनुभएको छ ।  विशेष कक्षामा अध्ययनरत बौद्धिक अपाङ्गता भएका र साधारण तर्फका गरी ४१ जना बालबालिकाहरुलाई ति दम्पत्तिले निःशुल्क भोजन गराउनुभएको हो । बसन्त बहादुर थापा र उनकी श्रीमती हिरामाया थापाले ति बालबालिकाहरुलाई निःशुल्क भोजन गराउनुभयो । लामो समयदेखि गरिब, निमुखा र अपाङ्गता भएका बालबालिकाहरुलाई भोजन गराउने इच्छा पुरा भएको सो अवसरमा जानकारी दिनुभयो । यी बालबालिकाहरुलाई भोजन गराउने चाहना धेरै पहिलेदेखि नै थियो आज पुरा भयो उनीहरुले एकै स्वरमा भन्नुभया । गरिब र विपन्न वर्गका बालबालिकाहरुलाई एक छाक भएपनि मिठो खुवाउन पाउदा आफुहरु निकै सन्तुष्ट भएको दम्पत्तीले  बताउनुभयो । ती  दम्पत्तिले बालबालिकाहरुलाई मासु चिउरा, चिसो, विस्कुट, चकलेट, खुवाएर खुशी बनाएका हुन । विद्यालयका सहायकप्रधानाध्यापक ताराबहादुर थापाले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई थप हौसला प्रदान हुने बताउनुभयो । यस अघि पनि उक्त विद्यालयका बालबालिकाहरुलाई विभिन्न चाडपर्व, जन्मदिनको अवसर पारी मिष्ठान्न भोजन गराउनेको संख्या ३ दर्जन बढी पुगिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार