जनचाहना न्युज
दमौली ३१ बैशाख
तनहुँको व्यास नगरपालिका वडा नं. ६ स्थित अमर प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई आइतबार स्टेशनरी र खेलकुदका सामग्री वितरण गरिएको छ । उक्त दिन ६३ जना विद्यार्थीहरुलाई दिवा खाजा, फलफुल, पोशाक, स्टेशनरी र खेलकुदका सामग्री वितरण गरिएको हो । विद्यालयका प्रधानाध्यापक मातृवा वन्त रिमालको छोरा बिमान रिमालको जन्मदिनको अवसरमा ति बालबालिकाहरुलाई पोशाक र स्टेशनरी वितरण गरिएको बताइएको छ । छात्रवृत्तितिर हामी छौ भन्ने संस्थाका संस्थापक राजीव राइले विद्यालयका ति बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामग्री वितरण गरेका हुन । सामग्री पाउदा बालबालिकाहरु उत्साहित भएका थिए ।