जनचाहना न्युज
दमौली ३ जेठ
व्यास नगरपालिका–२ दमौली गणेशमानचोक निवासी व्रिटिस सेनाका पुर्व प्रहरी लालबहादुर थापाले यहाँको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नुभएको छ
व्यास नगरपालिका–११ दरैंपधेंरा स्थित जनकल्याण प्राविमा अध्ययनरत विपन्न २५ विद्यार्थीलाई बुधबार शैक्षिक करिब रु.बीस हजार बराबरमो सामग्री प्रदान गरेका छन् ।
अल्पसंख्यक दरैं र विपन्न समुदायका बालबालिकाको पढाईमा सहयोग गरी शैक्षिक गुणस्तर अधिवृद्धिमा टेवा पु¥याउन झोला, कापी, कलम लगायतका सामग्री सहयोग गरेका हुन् ।
लायन्स क्लवअफ तनहुँ भानुभक्तको आयोजनामा थापाले उक्त सामग्रीहरु विद्यालयमै पुगेर विद्यार्थीलाई प्रदान गर्नु भएको हो । ‘दरैं र विपन्न समुदायका विद्यार्थीलाई पढाईमा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ,’समाजसेवी थापाले भन्नुभयो । ‘गरिएको सहयोगको भरपुर सदुपयोग होस् भन्ने चाहान्छु ।’
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ तनहुँ भानुभक्तका अध्यक्ष किशोर श्रेष्ठ, क्लवका डिपार्टमेन्ट चिफ सुरेन्द्र पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर दरै लगायत विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिती रहेको क्लवका जिल्ला सल्लाहकार कविराज श्रेष्ठले जानकारी दिनुभयो ।
क्लवले विभिन्न मनकारीहरुलाई संगठित गरी समाज सेवा गर्दै आएको छ । शैक्षिक सामग्री प्रदान गरिनुले विपन्न समुदायका बालबालिकालाई पढ्नु पर्ने भावनाको विकास भएको आफूले पाएको विद्यालयका प्रधानाध्यापक शशीकला पौडेलले बताउनुभयो । सामग्री सहयोग गर्नुहुने मनकारी थापालाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij